Home / Feature Breaking news / विद्यार्थी नेता बंगुरपालन व्यवसायमा

विद्यार्थी नेता बंगुरपालन व्यवसायमा

अमरराज आचार्य
दाङ, ३ कार्तिक । जिल्लामा विद्यार्थीको नेतृत्व गर्ने एक विद्यार्थी नेता राजनीतिसंगै बगुरपालन व्यवसाय सुरु गरेका छन् । नेपाल विद्यार्थी संघका जिल्ला कार्यबहाक अध्यक्ष टोपबहादुर वुढाथोकी विद्यार्थी राजनीतिसंगै वगुरपालन व्यवसाय गदै आएको हुन ।

विद्यार्थी राजनिती वाट वचेको समयमा व्यवसाय सुरु गरेको उनले बताए । उनले बबइ वहुउदेश्य कृषि तथा पशुपक्षी फर्म दर्ता गरि घोराही उप महानगरपालिका वडा नं ७ राजपुरमा व्यवसायिक रुपमा वगुरपालन गदै आएका छन् । करिव ६ महिना अघिवाट व्यवासायिक रुपमा वंगुरपालन व्यवसाय सुरु गरेका हुन् । अहिले सम्म वगुरले उत्पादन दिन सुरु नगरेको उनको भनाइ रहेको छ । सुरुमा ९ लाखको लगानी वाट वगुरपालन सुरु गरेको वुढाथोकीले बताए । बैक वाट ऋण लिएर व्यवसाय सुरु गरेको बताए । ऋणपनि सहज रुपमा नपाइने गरेको उनले बताए ।

अहिले उनले २६ वटा वंगुरपालन गरेका छन् । ल्यानरुप जातको ११ वटा र घरानो जातका १५ वटा वगुर रहेको उनको भनाइ रहेको छ । ५ कट्टा जग्गामा उनले वंगुरपालन पालनका लागि खोर निर्माण गरका छन् । अहिले १३ वटाको कोठा रहेको खोर वनाएका छन् जसमा५१ ÷५२ वटा अटाउन सक्ने क्षमताको रहेको वुढाथोकीले बताए ।

राजनिती संगै केही व्यवासय गर्नु पर्दछ भन्ने सोचका साथ आफु वंगुरपालन व्यवसाय सुरु गरेको वुढाथोकीले बताए ।‘राजनिती समाजिक सेवा हो आम्दानी हुदैन जिवन चलाउन केही व्यवसाय गर्नु पर्दछ त्यसैले यस प्रकारको व्यवसाय सुरु गरेको हु’ वुढाथोकीले भने । आम्दानी नहुदा राजनिती गर्न समेत समस्या हुने उनको भनाइ रहेको छ । यसरी कुनै पनि व्यवसाय नगरि राजनिती गर्दा अनियमिता समेत हुने गरेको वुढाथोकीले बताए । वंगुरपालन व्यवसाय गर्दा उनले विभिन्न समस्या समेत भोग्नु परेको थियो । ती समस्या लाइ समाधान गदै आफु अगाडि वढेको उनले बताए । ‘आफुमा केही गर्नु पर्दछ भन्ने सोच भए पनि समस्या समाधान अगाडि वढन सकिन्छ’ वुढाथोकीले भने ।समाज परिवर्तन हुन नसक्दा सुरुका दिनमा उनलाइ समाजमा धेरैले वगुरपालन गर्ने थालेको भनेर नकारात्मक दृष्ट्रिले गरेका थिए ।

तर विस्तारै वुझदै गएको उनको भनाइ रहेको छ । ‘हाम्रो समाजको सोचाइ पनि गल्त रहेको छ’ वुढाथाकीले भने । समाजमा रहेको यस प्रकारको सोच परिवर्तन हुन जरुरी रहेको बताए । यसको अभियान आफुले थालेको बताए । ‘विद्यार्थीहरुको नेतृत्व गरेको व्यक्तिले गरेको देखे पछि अरुले पनि सुरु गर्लान भनेर यस व्यवसाय लाइ रोजेको हु’ वुढाथोकीले भने । जे गरे पनि काम लाइ प्राथमिक्ता दिएर अगाडि वढनु पर्ने उनको भनाइ छ ।
उनले सुरु गरेको व्यवसायमा अहिले २ जना लाइ रोजगार समेत प्रदान गरेका छन् । व्यवसाय विस्तार संगै अन्य लाइ समेत रोजगार प्रदान गर्ने सकिने उनको भनाइ छ । आउदा दिनमा कृषि क्षेत्रमा अगाडि वढने बताए । ‘कृषिको राम्रो संभावना रहेको त्यसैले यसै क्षेत्रलाइ अगाडि वढाउने सोच रहेको छ’ वुढाथोकीले भने । वंगुरपालन संगै ब्राखा पालन व्यवसाय पनि अगाडि वढने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*