Home / Feature Breaking news / एक लाख बढि रकमसहित ७ जुवाडे पक्राउ

एक लाख बढि रकमसहित ७ जुवाडे पक्राउ

दाङ,२ कार्तिक । प्रहरीले घोराहीमा एक लाख बढि रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया पार्क नजिकै भक्त भण्डारीको घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १५ निवासी २२ बर्षीय पूर्ण वली, सोही ठाउँ निवासी ४४ बर्षीय मेघराज पौडेल, घोराही उपमहानगरपालिका– १६ निवासी ३० बर्षीय शिव केसी, घोराही उपमहानगरपालिका– १२ निवासी २० बर्षीय रविन थापा, घोराही उपमहानगरपालिका– १५ निवासी २७ बर्षीय संजय परियार, घोराही उपमहानगरपालिका– १२ निवासी ३१ वर्षीय अनिल गिरी र घोराही उपमहानगरपालिका–१७ निवासी ४३ बर्षीय भक्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

शाहका अनुसार उनीहरुलाई गोप्य सूचनाको आधारमा शुक्रवार बेलुका पौने ११ बजेतिर पक्राउ गरिएको हो । उनीहरुको साथबाट १ लाख १३ हजार ५ सय नगद, ७ गड्डी तास मध्य ३ गड्डी खेलको र बाँकी ४ गड्डी नयाँ ताससहित बरामद गरेको छ । पक्राउ परेका सबैका विरुद्ध जुवा सम्वन्धि कसुरमा मुद्दा दर्ता गरि कारवाही अगाडि बढाउने प्रहरीले बताएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*