Home / Feature Breaking news / विप्लवका दाईसहित २१ नेता कार्यकर्ता पक्राउ

विप्लवका दाईसहित २१ नेता कार्यकर्ता पक्राउ

दाङ,३० असोज । दाङबाट २१ जना विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका–४ को मुग्रेटाखोला स्थित जंगलबाट पक्राउ गरिएको हो । त्यहाँ बिप्लवको बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा बिप्लवका दार्इ बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्ता छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीले बैठक भइरहेको स्थानबाटै उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । ‘बैठक भइरहेको सुचनाका आधारमा जिल्लाबाट नै टोली पठाएर पक्राउ गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*