Home / Feature Breaking news / धान काट्ने समय भैसक्दा पनि देउखुरीमा पसाएन धान

धान काट्ने समय भैसक्दा पनि देउखुरीमा पसाएन धान

दाङ,२९ असोज । देउखुरी लमही नगरपालिका वडा नं.३ मजगाउँका किसान गुरुप्रसाद चौधरीले दिनहु जसो खेतको धान हेर्ने गरेका छन । धानले बाला लगायो कि भनेर तर अझै लगाएको छैन । छिमेकीले एक हप्ता पछि रोपेको धान पाकेर काटिसके तर उनको भने ११ कट्ठा जमिनमा लगाएको धान अझै पसाएको छैन । हरियो डाठ मात्र रहेको छ । धानले बाला नलगाउँदा उनलाई यो बर्ष भात खान पाईदैन कि भन्ने चिन्ताले सताएको बताए ।

‘मेरो खेती भनेकै ११ कट्ठा हो, खेतमा रोपेको धान अझै पसाएको छैन’,उनले भने,‘अरुको धान पाकेर काट्न सुरु गरि सके,आफ्नो भने अहिलेसम्म पसाएकै छैन ।’ एक सय ३५ दिनमा पाक्छ भनेर रोपेको शंकर गरिमा धान एक सय ३० दिन वितिसक्दा समेत नपसाएको बताए । ‘एग्रो सेन्टरबाट बिउँ ल्याएको एक सय ३५ दिनमा तयार हुन्छ धान भनेको थियो’,उनले भने,‘तर अहिले एक सय ३० दिन वितिसक्यो धान पसाएकै छैन ।’ धान नपसाउँदा मेहनतसँगै बर्षभरी के खाने भन्ने समस्याले सताएको बताए ।

‘यहि खेतमा रोपेको धानले बर्षभरी खान पुग्थ्यो,बचेको धान बचेर अन्य काम समेच चलाउने गरेको थिए’,गुरुप्रसादले भने,‘यो बर्ष के खाने भन्ने समस्या सुरु भएको छ ।’ समयमै धान नपाक्दा तोरी,मसुरो, आलु, लसुनलगायतका अन्य बाली समेत रोप्न नपाएको बताए । ‘धानले बाला लगाउँदैन, जमिन सुक्दै जान थाल्यो’,उनले भने,‘अहिले तँ न धान, न अन्य बाली हुने जस्तो भएको छ ।’ गुरुप्रसाद चौधरीलाई जस्तै चिन्ता लमही नगरपालिका वडा नं. २ रनियापुरका रामचन्द्र चौधरीलाई पनि परेको छ । उनको पनि करिव १२ कट्टा जमिनको धान अझै पसाएको छैन । ‘धान हरियो छ, पानी पर्न छोडिसक्यो’,उनले भने,‘सिचाईको सुविधा छैन, अव कसरी धानले बाला लगाउँला र ? माना रोपेर मुरी उमार्ने भनेर खेती गरेपनि एग्रो सेन्टरको लापरवाहीका आफ्नो मेहनत नै खेर गएको बताए ।

‘अन्य धानको बिउँ रोपेका गाउँलेहरु धान काट्न बेस्त छन’,उनले भने,‘आफनो भने अझै पसाएकै छैन, कहिले बाला लगाउँला र पाक्ला ?’ समयमै धान नफल्दा करिव एक हप्ता कृषि सामग्री कम्पनीमा लाइन लागेर ल्याएको मल समेत खेर गएको बताए । ‘यो साल हामी किसानका लागि राम्रो रहिन्छ, सुरुमा मल पाउनै समस्या भयो’,उनले भने,‘ बल्लबल्ल पाएको मल ल्याएर खेती गरिम तर अहिले धानै पसाउँदैन ।’ उनले भने धान राम्रो भएको भए अहिले खेतमा धानका बालाहरु भmुलेको हुन्थे तर अहिले धान ठाडै छ ।

यी तँ प्रतिनिधि पात्रहरु मात्र हुन अहिले उनीहरुको जस्तै समस्या देउखुरीका धेरै किसानहरुले भोग्नु परेको छ । देउखुरीको सनराईज एग्रीकल्चर एण्ड रिसर्च सेन्टर टिकुलीगढबाट शंकर गरिमा जातको धानको बिउँ लगेका किसानहरुले यहि समस्या भोग्नु परेको अर्का किसान छविलाल कोपिलाले बताए । उनका अनुसार अहिले देउखुरीका मजगाउँ, रनियापुर, घुम्ना, सानी घुम्ना,गुर्जिहवा, भुरीपुर, टिकुलीगढ, सोनपुरलगायतका विभिन्न गाउँमा करिव ८० विगाह जमिनमा रोपेको धान पसाएको छैन । जसले गर्दा किसानहरु समस्यामा परेका छन । बर्ष दिनभरीका लागि रोपेको धान नफलेपछि अहिले किसानहरुले क्षेतीपुर्तिको समेत माग गर्न थालेका छन ।

धानको बिउँमा आशंका

एक सय ३५ दिनसम्ममा पाक्छ भनेर किसानलाई विक्रि गरिएको धान नफलेपछि धानको बिउँमा आशंका गरिएको छ । धान रोपिएको करिव एक सय ३० दिनसम्म पाक्नुपर्ने क्षेत्रीय बिउबिजन प्रयोगशाला खजुरा बाँकेका बरिष्ठ कृषि विकास अधिकृत दिलिपकुमार सिंहले बताए । ‘गरिमा जातको धान एक सय ३० दिनदेखि ३५ दिनसम्म पाक्नु पर्ने हो, तर यो धान पसाएकै छैन’,उनले भने,‘त्यसैले विक्रि केन्द्रले शंकर गरिमा धान भनेर विक्रि गरेपनि, यो धानको बिउँमै आंशका छ ।’उनका अनुसार विक्रि केन्द्रले बाहिरबाट धानको बिउँ ल्याएर प्याकिङ गर्दा नै गल्ती गरे जस्तो छ । यसका बारेमा थप अध्ययन हुनुपर्ने समेत बताए ।

धानमा समस्या देखिएको गुनासो पुगेपछि खजुराबाट देउखुरीमा आफु आईपुगेको भन्दै बरिष्ठ कृषी विकास अधिकृत सिंहले धान पसाएपनि दाना लाग्ने वा नलाग्ने भन्न नसकिने अवस्था रहेको बताए । ‘धान अझै पसाएकै छैन, अझै केही दिन पसाउन लाग्न सक्छ’,उनले भने,‘बाँके, बर्दियातिर समेत यस्तै समस्या देखिएको छ, धान पसाएपनि दाना लाग्छ कि लाग्दैन, केही भन्न सकिदैन ।’ विक्रि सेन्टरहरुले ढिला पाक्ने धान किसानहरुलाई बेच्दा यस्ता समस्या बर्षेनी आउने गरेको समेत उनले बताएका छन । बरिष्ठ कृषि विकास अधिकृत सिंहको नेतृत्वमा आएको अनुगमन टोलीले समस्या देखिएको ठाउँमा पुगेर किसानसँग समस्याका बारेमा बुझेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*