Home / Feature Breaking news / पत्रकार रिजालको उपचारमा सघाउन पत्रकार महासंघको आग्रह

पत्रकार रिजालको उपचारमा सघाउन पत्रकार महासंघको आग्रह

दाङ,२८ असोज । काठमाडौंमा उपचाररत पत्रकार महेश रिजालको उपचारमा सघाउन नेपाल पत्रकार महासंघ दाङ शाखाले सबैमा आग्रह गरेको छ । नेपाल पत्रकार महासंघ दाङका जिल्ला सचिव भुपेन्द्र वलीले मंगलवार एक अपिल जारी गर्दै सहयोगको लागि उद्योग व्यापारीमा आग्रह गरेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी पत्रकार रिजाल अस्वथ्य भइ उपचारको लागि काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ । पत्रकार रिजालको तीन वटा रक्त नली बन्द भएको हुँदा एक महिना भित्रै अप्रेसन गर्नुपर्ने अवस्था उपचारमा सम्लग्न चिकित्सकले अवगत गराएका छन् । तर पत्रकार रिजालको आर्थिक अवस्था कमजोर भएको हुँदा उपचार गर्न सक्ने अवस्था भने छैन ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्षद समेत रहेका पत्रकार रिजाल जिल्लामा लामो सयमदेखि पत्रकारिता गर्दे आएका एक अग्रज पत्रकार हुन ।

पत्रकार रिजालको उपचारमा आर्थिक अभाव रहेको बारे गम्भीर चिन्ता र चासो व्यक्त गर्दै महासंघले मानविय नाताले सहयोग गरेर जीवन रक्षाको लागि दाङ शाखाले याचना गरेको छ । महासंघले पत्रकार रिजालको स्वास्थ्य लाभको कामना गर्दै सहयोगी मनहरुलाई दाङ शाखामा आएर सहयोग गर्न तथा पत्रकार रिजालको खाता रहेको बैंक अफ काठमाडौंको खाता नम्बर ०५५४०००००६३२५२४ सहयोग रकम जम्मा गरिदिन अपिल पनि जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*