Home / खेलकुद / रोनाल्डोले पार गरे ७०० गोलको कोसेढुंगा

रोनाल्डोले पार गरे ७०० गोलको कोसेढुंगा

एजेन्सी
दाङ,२८ असोज । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रतिस्प्रर्धात्मक खेलमा क्लब र देशबाट ७ सय गोलको कोसेढुंगा पार गरेका छन्।

युइएफए युरोपियन च्याम्पियनसिपको छनोटअन्तर्गत सोमबार राति युक्रेनविरुद्धको खेलमा पेनाल्टीमार्फत गरेको गोलसँगै पाँच पटकका बालन डीुअर विजेता रोनाल्डोले आफ्नो खातामा ७००औं गोल दर्ता गरेका हुन्

युरो २०२० छनोटको समूह ुबीु अन्तर्गत युक्रेनको घरेलु मैदानमा भएको खेलमा भने रोनाल्डोको कप्तानीमा उत्रिएको पोर्चुगलले २–१ को पराजय भोगेको छ।

रोमन येरेमचुकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। एन्ड्री यार्मोलेन्कोले २७औं मिनेटमा गरेको दोस्रो गोलसँगै पहिलो हाफमा २–० को अग्रता लिएको युक्रेनले दोस्रो हाफमा सोही अग्रता जोगाउँदै जित सुनिश्चित गर्यो।

७१औं मिनेटमा युक्रेनका टारास स्टेपानेन्कोले पेनाल्टी बक्समा नियतबस बल ह्यान्ड गरे पाएको पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले टोलीका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*