दाङ, २७ असोज । बन अरिङ्गालले टोकेर एक ब्यक्तिको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका वडा नं ९ जाबुने बस्ने ४० वर्षिय घनस्याम बरालको उपचारको क्रममा मृत्यु भएको हो । बनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्कीय पछि अरिङ्गालले बराललाई टोकेको थियो ।
अरिङ्गालको टोकाईवाट घाईते भएका बरालको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेजमा गएराती मृत्यु भएको हो ।