Home / Feature Breaking news / लागु औषधसहित पाँच पक्राउ

लागु औषधसहित पाँच पक्राउ

दाङ,२६ असोज । दाङ प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुराकीको आधारमा घोराही उप–महानगरपालिका वडा नं. १४ नयाँवसपार्कबाट उनीहरुलाई लागऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका वडा नं. १४ निवासी सरोज केसी, घोराही–१४ लोहासुर निवासी अर्जुन भनिने भिम वहादुर वुढामगर, सोही ठाउँ निवासी लिजन बिसी, घोराही–१५ निवासी कविन केसी र घोराही–१५ डिके पेट्रोल पम्प नजिकै बस्ने प्रविन विश्वकर्मा रहेका छन ।

प्रहरीले उनीहरुबाट ट्रमाडोल हाइड्रोक्लोराईड क्याप्सुल आईपी लेखेको ३ हजार नौ सय ७० थान क्याप्सुल, निट्राजिपाम ट्याब्लेट आईपी लेखिएको १० थान, लोराजिपाम इन्जेक्सन २ एमजी÷एमएल एक थान, प्रोमेथाजिन हाइड्रोक्लोराईड इन्जेक्सन आईपी २ एमएल एक थान, फेनिरामाइन मालियट इन्जेक्सन आईपी २ एमएल एक थान बराबद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

पक्राउ परेका व्यक्तिहरुलाई उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ परिच्छेद ३ दफा २२ (ग) बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*