Home / Feature Breaking news / दाङ कांग्रेसको चियापान कार्यक्रम (तस्बिरहरु)

दाङ कांग्रेसको चियापान कार्यक्रम (तस्बिरहरु)

दाङ,२६ असोज । नेपाली कांग्रेस दाङले कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान कार्यक्रम तथा तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गर्दै आएको छ ।

nc1

नेपाली काग्रेस दाङको पाटी कार्यालयमा आयोजना गरिएको चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न राजनीतिक, सांसद, कर्मचारी, सुरक्षा निकायका प्रमुख, व्यवसायी, नागरिक समाज, मानवाधिकारकर्मी,सञ्चारकर्मीलगायत अतिथिहरुको सहभागिता रहेको छ ।

nc

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति किर्तिबहादुर खड्काले कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पूर्व सांसद कृष्णकिशोर घिमिरे, सुशीला चौधरी, बुद्धिराम भण्डारी, जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली, नेकपाका प्रदेक कमिटि सदस्य लक्ष्मण आचार्य, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्राई, शसस्त्र प्रहरी प्रमुख गोविन्द केसीलगायतका नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा उपस्थीति रहेको थियो ।

nc3

nc4

nc5

nc2nc6

ncc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*