Home / समाचार / कुटपीटबाट दाङमा युवाको ज्यान गयो

कुटपीटबाट दाङमा युवाको ज्यान गयो

घोराही, २० असोज

कुटपीटबाट दाङमा एक जनाको मृत्यु भएको छ । आपसी विवाद हुदाँ कुटपीटबाट एक युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आज सोमवार दिउसो करिब पौने १ बजे जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं। १५ शुष्मारोड बस्ने ३२ वर्षका ईन्द्रबहादुर रावत लाई घोराही ५ बसन्तापुर निवासी १९ वर्षका राजकुमार के।सीले बासको चिरपटले हान्दा केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका पप्रवक्ता प्रहरी नायव उपरिक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरी दुुई जनाबीच विवाद भएको र एक आकआपसमा विवाद हुदाँ केसीले रावतलाई टाउकोमा हानेको र रावतको घटना स्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

शव पोष्टमाटमकालागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

कुटपीट गर्ने केसीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको शाहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*