Home / Feature Breaking news / दशै दशा नबनोस्

दशै दशा नबनोस्

डिल्लीप्रसाद गौतम

विकास र समृद्धिको मुल बनोस बडा दशैं ।
उचो निचो होचो अग्लो पुल बनोस बडा दशैं ।
बलत्कारी भ्रष्टाचारी र अत्याभचारीलाई परि बनोस बडा दशैं ।
यस बर्ष त देशको राजनिती स्थीर बनोस बडा दशैं ।

यस बर्षको बडा दशैं पनि नेपाली दाजुभाई दिदी बहिनीहरुको घर आगनमा छाईसकेको छ । नेपालीहरुले परम्परादेखी मनाउँदै आईरहेको प्रमुख चाड मध्य बिजया दशमी अर्थात दशैं एक प्रमुख पर्वनै हो । सम्पुर्ण नेपालीहरुले मनाउँदै आएको यस चाड को धार्मिक रुपमा होस वा सांकृतिक रुपमा होस यस चार्डको बिशेष महत्व रहेको पाईन्छ । धार्मिक रुपमा राक्षसरुपी दानव माथि देवत्व प्राप्त अर्थात दैवि शक्ति देव शक्तिको बिजय अथवा असत्यमाथि सत्यको बिजयको रुपमा यस पर्वलाई मनाउँदै आएको पाईन्छ । त्यसैगरी सांकृतिक रुपमा पनि बिभिन्न जात जाती तथा धर्म संकृतिका मानिसहरुले यस पर्वलाई आ–आफ्नै तौर तरिकाबाट मनाउँदै आएका छन् ।

यसरी सम्पुर्ण नेपालीहरुको महान चार्डको रुपमा रहेको बडा दशैं पछिल्लो दिनहरुमा आईपुग्दा कतै तडक भडक पुर्ण रुपमा त कतै लाञ्छनिक रुपमा परिभाषित हुन पुगेको दुःखद बिषय हो । चाड वाडको नाममा हुनेखानेहरुले निकैनै तडक भडकका साथ भोज भतेर र बिभिन्न पोषाक र गरगहना पर्दशन गर्ने तथा हुँदा खानेहरुले आत्म ग्लानि भएर टुलुटुलु हेर्नु पर्ने अवस्था पनि सिर्जना भएको छ । त्यसैले संकृतिको रुपमा मनाउँदै आएको दशैं लगायत अन्य पर्वहरुलाई हुँदाखानेहरुले पनि हाँसी खुसी मनाउने पर्वको रुपमा रुपान्तरण गर्न सक्नुनै अहिलेको प्रमुख आवश्यकता हो ।
त्यसैले हुनेखानेले पनी साधन स्रोतलाई आफ्नो मान प्रतिष्ठा प्रदर्शन गर्ने थलोको रुपमा उपयोग नगरौं । सम्भव हुन्छ भने न्यूनबगलाई सानो तिनो सहयोग गरौं । त्यसैगरी हुँदा खानेहरुले पनि श्रम गरौं बचत गर्ने बानिको बिकास गरौं र सांकृतिक रुपमा मानिँदै आएको यस्ता चाड पर्वहरुमा आफ्नो गक्षता र क्षमता अनुसार चाड पर्व मनाउने र अरुको देखा सिकी गरी जोशमा होस गुमाउने र फुर्सदमा पछुताउने नगरौं यसैमा सबैको कल्याण छ ।

सम्पुर्ण नेपालीहरुले सकृतिको रुपमा मनाउँदै आईरहेको यि चाड पर्वहरु पछिल्लो दिनहरुमा निकैनै महंगा सावित भएका छन् । बर्षेनी बृद्धि हुने उपभोग्य सामानको मुल्य साथै चाड वाडमा मुखमै आएर सरकार द्धारा गरीएको पेट्रोलिएम पदार्थको मुल्य बृद्धिले सम्पुर्ण सामग्रिहरु यस बर्ष थप मुल्यवान बनेका छन् । यस्तो अवस्थामा चाड वाड मनाउनु सर्वसाधारणका निम्ति निकैनै चुनौती बनिदिएको छ ।

त्यसैमा पनि हुने खानेहरुको तडक भडकका अगाडि सर्वसाधारणको लागि चाड वाड मनाउनु अर्को ठुलो चुनौती हो । यस्तो अवस्थामा निम्न वर्गका नागरिकहरुले अरुको देखासिकी नगरौं र क्षमता अनुसार चाड वाडको बन्दो बस्ति गरौं यसैमा सबैको हित छ । चाड वाडको नममा पछिल्ला दिनहरुमा मठ मन्दिरहरुमा बलि दिने प्रथापनी निकैनै चुनौतीको रुपमा आईरहेको छ ।

कयौं देवी र दुर्गा भवानीको मठ मन्दिरहरुमा नव दुर्गाको समयमा हजारौंको संख्यामा पशु वलि दिईने गरेको छ । एकातिर पशु अधिकार कर्मी तथा अध्यात्मबादीहरु पशु वलि गर्न नहुने र यसमा रोक लगाउनुपर्ने बिचार ब्यक्त गरिरहेता पनि पशु वलि दिनेक्रम दिनहुँ बढ्दो रुपमा देखीएको छ । तसर्थ धार्मिक मठ मन्दिरमा र देवी देवताका नाममा गरिने यस्ता पशु वलिले समाजमा हिंशाको घटना हुने गरेको तर्क अगाडि सार्ने जनमानसको पनि हाम्रो समाजमा कमी छैन् । तर पनि यस कार्यलाई रोक्नकालागि पहल भने सम्बन्धित निकाय कहिँ कतैबाट हुन सकिरहेको छैन् ।

अझै भन्नु पर्दा पछिल्लो दिन सम्म आईपुग्दा त कहिँ कतै धार्मिक त कतै जातिय रुपमानै यस दशैं पर्व माथिनै धावा बोल्ने काम समेत हुने गरेका छन् । केही धार्मीक संघ संस्था तथा जातिय आन्दोलनमा संलग्न व्यक्तिहरुबाट यस महान पर्व दशैंलाई बहिस्कार गर्ने भन्ने जस्ता अभिव्यक्ति समेत आउने गरेका छन् । चाड मान्नु नमान्नु व्यक्ति अथवा धार्मिक अवस्थामा भर पर्ने कुरापनि हो र हुनुपर्दछ । तर परम्परादेखी सांकृतिक रुपमा मानिदै आएका यस्ता चाड पर्वका बारेमा लान्छाना लगाउने र नमानउन दवाव दिने आदि भने पक्कै पनि सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ । त्यसैले दशैं आफ्नो धर्म संकृति र चलन अनुसार आ–आफ्नो क्षमता अनुसार मानौ , सबैको धर्म संकृतिको सम्मान गरौं, क्षमता र गच्छेता अनुसार दशैं मनाउँ । दशैं कसैलाई दशा नबनोस बिजया दशमीको सबैमा शुभकामना ।
जनमञ्च अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*