Home / Feature Breaking news / अपराध नियन्त्रणमा सामुहिक प्रयास आवश्यकः सांसद देवकोटा

अपराध नियन्त्रणमा सामुहिक प्रयास आवश्यकः सांसद देवकोटा

दाङ,१७ असोज । अपराध नियन्त्रणमा सामुहिक प्रयासको खाँचो रहेको राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले बताएकी छिन् । समाजमा घट्ने हिंसा वा घटनामा पछिल्लो समय युवा पुस्ताको संलग्नता बढ्दै जानु सिंगो समाजका लागि चुनौतिपूर्ण बन्दै गएकाले यसमा सबैको सामुहिक प्रयासको खाँचो औल्याएकी हुन् ।

अहिले मनोरञ्जनका नाममा मादक पदार्थ सेवन गर्ने र सवारी साधन चलाउँदा आफुमात्रै नभई अरुलाई पनि जोखिममा पार्ने गलत संस्कारको विकास भईरहेकाले यो आम चासोको विषय भएको बताईन् ।

घोराहीबाट विगत एक दशकदेखि निरन्तर प्रशारणमा रहेको यस क्षेत्रको सबैभन्दा ठूलो प्रशारण संस्था इन्द्रेणी एफएमले शुक्रबार आयोजनाको गरेको पर्व लक्षित शुभकामना आदान प्रदान एवम् चाड पर्वमा हुन सक्ने सवारी दुर्घटना तथा आपराधिक घटना न्यूनीकरणमा सरोकार निकायको प्रतिवद्धतासम्बन्धी कार्यक्रममा प्रमुख अतिथि सांसद देवकोटाले सवारी चाप र बढ्दो जनसंख्या अनुरुप सडकको अवस्था सुधार र बिस्तार पनि अपरिहार्य रहेको बताईन् । विगतमा बनाइएका सडकले अहिलेको चाप धान्ने अवस्था अब नरहेकाले यसका लागि सरकारले अबिलम्ब पहल लिनु पर्नेमा जोड दिईन् ।
पर्वका बेला मानिसको चहल पहल अन्य अवस्थामा भन्दा बढी हुने भएकाले हरेक दृष्टिकोणबाट सडक, सवारी र सामाजिक दुर्घटनाको जोखि बढी हुने भएकाले सचेतनाको प्रभावकारी कार्यान्यवनको आवश्यकता औंल्याएकी हुन् ।

उनले भनिन्,( सडक सचेतना, सकड संकेत, सडकको अवस्था, जेब्रा क्रसिङको अवस्था, सडक प्रयोगकर्तामा जागरुकताको काम भएपनि लापरवाही गर्ने परिपाटी नै समस्याको कारक बनेको छ ।ु ुकानूनी कारवाहीले मात्रै अब नपुग्ने भएकाले सामजिक रुपमा नसीहत दिएर हुन्छ कि के गरेर हुन्छ लागौुं( उनको भनाई थियो ।
यस्तै, उनले सवारी दुर्घटना तथा आपराधिक कार्यमा संलग्न हुनेलाई राजनीतिक नेतृत्वबाट हुने सरंक्षणले यसलाई थप बल पुग्ने भएकाले यस्ता गलत कोही कसैबाट गर्न नहुनेमा उनको जोड थियो ।

भोटको लोभ गर्ने र गलक काम गर्नेलाई संरक्षण गर्ने काम राजनीतिक नेतृत्वबाट बेला बखतमा भएका घटनाको स्मरण गराउँदै उनले यस्ता काममा एकाध व्यक्ति असन्तुष्ट बने पनि समाज र नागरिकको सुरक्षाका लागि कानूनी दायरामा ल्याएर उपचार खोज्नै पर्ने सांसद देवकोटाले प्रतिवद्धता जनाईन् ।
समाज अपराध र दुर्घटनारहित बनाउन सबैको सामुहिक प्रयास जरुरी भएकाले यसलाई आम नागरिक स्तरसम्म लैजानु पर्ने जिकिर गरिन् ।

यस्तै प्रमुख अतिथि देवकोटाले कानूनलाई कसैले पनि हातमा लिने काम गर्न नहुनेमा जोड दिएकी छिन् । संविधानको जगमा स्थापित कानून नागरिक सर्वोच्चता हुने हुँदा यसलाई कसैले पनि नजरअन्दाज गर्ने, गलत प्रयोग गर्ने काम समाजका लागि घातक हुने स्पष्ट पारेकी छिन् । जिल्लाको सुशासन र समृद्धि सबैको सामुहिक एकता र प्रयासबाट मात्रै सम्भव भएकाले सबै क्षेत्र, समुदाय, तहतप्का एक हुन आह्वान गरिन् ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय दाङमा सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले प्रशासनको तर्फबाट पर्व लक्षित मात्रै नभई जहिले पनि समाजलाई कसरी सभ्य र पारिवारिक बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ तल्लीन रहेको बताए । यसका लागि सरोकार निकाय सबैसँग वृहत छलफल गरी जिल्लाको सुरक्षा कायम गर्न प्रयत्नशील रहेको बताए । यस्तै, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले पछिल्लो समय जिल्लामा मानवीय अपराध गर्ने क्रम नभए पनि लागु औषध दुव्र्यसन संलग्न हुनेको क्रम बढेको बताए । दुव्र्यसनमा कमी ल्याउन विभिन्न सामाजिक प्रयार जारी रहेपनि अभिभावक, नागरिक समाज तथा संचारमाध्यमले सकारात्मक भूमिका खेलेर सहयोग गर्नु पर्ने उनको भनाई थियो ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रेमप्रसाद रेग्मीले सवारी दुर्घटनामा कमी ल्याउन र आपराधिक घटना नियन्त्रण गर्न आफु र आफ्नो कार्यालयको तर्फबाट हर प्रयास जारी रहेको बताए । उनले ट्राफिक सचेतनाका लागि दैनिक जसो केही नयाँ काम गरिरहेको र त्यसको निरन्तरतामा लागि परेको बताए । उनले मादक पदार्थ सेवन गरेर सवारी चलाउन भनेको आत्महत्या गर्नु सरह रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले आम नागरिकमा विभिन्न खालका त्रासले असुरक्षा पैदा गरेकाले यसको यथार्थ चित्र बाहिर ल्याउन अपिल गरेका छन् । नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न र नागरिक सर्वोच्चता कायम गरी यस्ता गलत काम र बाटोमा लाग्ने उपर कानूनी कारवाही गर्नु पर्ने उनको सुझाव थियो । प्रेस स्वतन्त्रतामाथि पछिल्ला दिनमा विभिन्न समुहबाट धावा बोल्ने काम भई रहेका भन्दै उनले सिंगो पत्रकारितालाई धमिल्याउने र अनेकन बहानामा बदनाम गराउन खोज्ने चेष्टा भएकोमा आपत्ति जनाए ।

सामाजिक परिवर्तन, सुशासन र जागरणमा अनवरत क्रियाशील सिंगो मिडियालाई कोही व्यक्ति विशेषको कारण देखाएर अंकुश लगाउने काम गर्नु पत्रकारिता क्षेत्रलाई परिबन्दमा पार्ने षडयन्त्र भएको जिकिर गरे । ुसकारात्मक बहस, चेतना जागरण र सूचनामा दिनरात खटिएका श्रमजीवि पत्रकारलाई विभिन्न बहाना देखाएर धावा बोल्ने काम जो कोहीबाट भएको छ यो निन्दनीय काम हो, यसका लागि म र सिंगो महासंघको गम्भीर ध्यानाकर्षण भएको छु( उनले भने ।

अहिले पनि विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई धम्की दिने, स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बन्न नदिने, सरक्षा थ्रेट पैदा गरेर पुरै असुरक्षित बनाएर मनोवैज्ञानिक रुपमा कमजोर बनाउने खेलमा लागेको केही तत्वको विरुद्ध एक जुट हुन पनि सिंगो श्रमजीवि पत्रकारहरुलाई वरिष्ठ उपाध्यक्ष पोख्रेलले अपिल गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामप्रसाद पोख्रेल, दाङ चेम्बर अफ कमर्सका उपाध्यक्ष सरद खनाल, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सबिन प्रियासन, नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनाललगायत जिल्लामा क्रियाशील संघसंस्था, सरोकार निकाय एवम् स्थानीय तहका पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा दशैं तिहार एवम् छठ पर्वको शुभकामना आदान प्रदानसँगै चियापान पनि गरिएको थियो । इन्द्रेणी एफएमका स्टेशन म्यानेजर देव यादवको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण समाचार प्रमुख छवि पुरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*