Home / Feature Breaking news / मापासे गर्ने चालकलाई एक घण्टा कलास

मापासे गर्ने चालकलाई एक घण्टा कलास

दाङ, १७ असोज । जिल्लामा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले कडाई गरेको छछ । चाडपर्वको समयमा हुने सवारी दुर्घटनालाई कमी गर्न प्रहरीले चाडपर्वको समयमा विशेष चासो देखाएको छ । सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक र सहचालककलाई एक घण्टे प्रशिक्षण थालेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई नगदसहित एक घण्टा राखेर ट्राफिक सम्वन्धी प्रशिक्षण दिन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

गलत गर्ने चालकलाई कारवाहीसहित सचेतना गराउने उद्देश्यले एक घण्टे कलास सुरु गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । जिल्लामा दुर्घटना वढ्दै गएको र दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन भएकाले प्रहरीले अभियन चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीले जानकारी दिएका छन । प्रशिक्षणमा ट्राफिक नियम, मापसे गर्दा हुने जोखिम, सवारी चालकले ध्यान दिनु पर्ने नियमलगायतका बारेमा जानकाकरी दिने प्रहरी प्रमुख रेग्मीले बताए । ‘सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान सुरु गरेका हौ’,प्रमुख रेग्मीले भने,‘यसले चालकलाई सचेत गराउने अपेक्षा गरेका छौँ ।’

ट्राफिक प्रहरीले एक हप्ताको समयमा ६० जन चालकलाई प्रशिक्षण दिएको छ । अहिले ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउने चालकलाई घोराही र तुलसीपुरमा प्रशिक्षण दिने गरेको छ । केही समय पछि लमही र भालुवाङमा पनि यस प्रकारको प्रशिक्षण कक्षा सुरु गर्ने ट्राफिक प्रहरी प्रमुख रेग्मीले बताए । अहिले प्रहरीले घोराही, तुलसीपुर,लमहीलगाएतका क्षेत्रमा व्रेथलाईजरमार्फत मादक पदार्थ सेवन गरे नगरेको बारेमा समेत जाँच गर्ने गरेको छ ।

सिमित गतिमा सवारीका साधन चलाउने, मादक पदार्थ सेवन नगर्ने, गाडीको अबस्थालाई चुस्त राख्ने, अनिवार्य आबस्यक कागजपत्र बोक्ने, सिट र क्षमता अनुसार यात्रु तथा सामान बोक्न समेत चालकलाई निर्देशन गर्दै आएको छ । ‘ मादक पदार्थ सेवन गरि चलाउने चालकलाई जरिवानासंगै एक घण्टा राखेर प्रशिक्षण दिन थालेपछि मापसे गर्नेमा कमी आएको छ’, उनले भने,‘कारवार्हीमा परिन्छ भन्ने थाहा पाएपछि खान छोडेका छन । धेरै पटक मापसे गरेर सवारी चाएको पाइएमा यातायात व्यवस्थापन कार्यालयमा लाइसेन्स रद गर्नका लागि पठाउने उनले बताए ।

यस प्रकारको अभियान निरन्तर सञ्चालन गरिने ट्राफिक प्रमुख रेग्मी बताए । ‘यो अभियान चार्डपर्व लक्षित मात्र नभएर, अन्य दिनहरुमा पनि निरन्तरता दिने छौँ’,प्रमुख रेग्मीले भने,‘त्यसका लागि आवश्यक युनिटसँग छलफलल भैरहेको छ।’ कम जनशक्ति र प्रविधिको कमीका कारण केही समस्या रहेको समेत बताए ।

अभियानले समाजमा हुने विभिन्न प्रकारका अपराध, हिसां न्युनिकरणमा समेत सहयोग पुग्ने प्रहरीले अपेक्षा छ । मादक पदार्थ सेवनले घरेलु हिसां तथा समाजमा समेत विभिन्न प्रकारका हिसां हुने गरेको रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*