Home / समाचार / रेडियो मध्यपश्चिम सञ्चालक समितिको अध्यक्षमा बैद्य

रेडियो मध्यपश्चिम सञ्चालक समितिको अध्यक्षमा बैद्य

घोराही, १६ असोज ।

दाङ सुचना तथा सञ्चार सहकारीद्वारा सञ्चालित रेडियो मध्यपश्चिम सञ्चालक समितिको अध्यक्षमा मधुसुदन बैद्य चयन हुनुभएको छ । सस्थाको १५ औँ बार्षिक साधारणसभामा अध्यक्ष सुशील गौतमले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि स्वीकृत गर्दै बैद्यको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुदर्शन रिजाल, सचिबमा शारदा शर्मा, कोषाध्यक्षमा लिलाधर पन्थीलाई चयन गरिएको छ । यस्तै नौलसिंह जिएम, टुकाराम पन्त, शरद अधिकारी, एकनारायण पौडेल, हेमराज बञ्जाडे, रेखा गौतम र योगेन्द्र न्यौपानेलाई सदस्यमा चयन गरिएको छ ।

त्यसैगरी साधारणसभाले प्रकाशनारायण श्रेष्ठलाई लेखा समितिको सदस्यमा चयन गरिएको छ । सञ्चालक समितिका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा रेडियोका सस्थापक अध्यक्ष एवं प्रेस काउन्सिलका पुर्ब अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन गरिएको थियो ।

साधारणसभामा कोषाध्यक्ष शारदा शर्माले आर्थिक प्रतिबेदन, सचिब सुदर्शन रिजालले सांगठनिक प्रतिबेदन र उपाध्यक्ष मधुसुदन बैद्यले बिधान संशोधन मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाले सबै प्रतिबेदन पास गरेको छ । उपाध्यक्ष मधुसुदन बैद्यको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभाको सहजीकरण सचिब सुदर्शन रिजालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*