Home / समाचार / ओली बंश समन्वय समितिद्धारा सुभकामना आदानप्रदान

ओली बंश समन्वय समितिद्धारा सुभकामना आदानप्रदान

दाङ,१५ असोज । हिन्दु नेपालीहरुको चाड बिजया दशमी, दिपावली र छठ पर्वको अवसर पारेर ओली बंश समन्वय समिति दाङले बुधवार घोराहीमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

ओली बंश समन्वय समिति दाङका अध्यक्ष कमल बहादुर ओलीको अध्यक्षता तथा ज्येष्ठ सदस्य पुर्णबहादुर ओलीको प्रमुख आतिथ्यता एव सल्लाकार ललित ओलीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बिजया दशमी,दिपावली र छठ पर्वको सुभकामना आदान प्रदान गरेका थिए । साथै उनीहरुले पर्वलाई देखासिकी भन्दा पनि आफनो क्षमता अनुसार मनाउन आग्रह गरेका थिए ।

त्यस्तै उनीहरुले नेपालीको पुर्वमा बस्ने ओली र पश्चिम क्षेत्रमा बस्ने ओलीहरुका विच भिन्नता देखिएको भन्दै त्यसको समन्वयका लागि अग्रजहरुलाई पहल गर्न समेत आग्रह गरेका थिए । कार्यक्रममा ओली बंश समन्वय समितिका केन्द्रीय सचिव जागेश्वर ओली, ओली बंश समन्वय समितिका जिल्ला कानूनी सल्लाहकार तथा ओली समन्वय समाजका ५ नं. प्रदेश संयोजक प्रेम ओली, ओली समन्वय समिति तुलसीपुरका अध्यक्ष मिनराज ओली, ओली समन्वय समितिका प्रदेश नं. ६ का उपाध्यक्ष नेत्रलाल ओली, ओली समन्वय समिति घोराहीका अध्यक्षका बेचन ओली,घोराहीका उपाध्यक्ष रुपा ओली,निलम ओलीलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमममा ओली बंश समन्वय समितिको बारेमा सल्लाकार अमरबहादुर ओलीले जानकारी गराएका थिए । कार्यक्रमका सहभागीलाई जिल्ला कोषाध्यक्ष रेखबहादुर ओलीले धन्यावाद ज्ञापन गरेका थिए । ओली समन्वय समिति दाङका उपाध्यक्ष यशोदा ओलीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण जागेश्वर ओलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*