Home / Feature Breaking news / रोल्पामा बस दुर्घटना,चालकसहित दुई जनाको मृत्यु

रोल्पामा बस दुर्घटना,चालकसहित दुई जनाको मृत्यु

रोल्पा, १३ असोज । रोल्पामा बस दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–३ रुइनिबाङमा सोमबार भएको बस दुर्घटनामा परि दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा परि लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै मृत्यु भएको सुनिल स्मृति गाउँपालिका–३ का वडा सदस्य सुरेन्द्र थापाले जानकारी दिए ।

रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा आशीर्वाद यातायात प्रालिको ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो । रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ । बसमा अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*