Home / Feature Breaking news / ट्रकले बसलाई ठक्कर दिदा सात जना घाइते

ट्रकले बसलाई ठक्कर दिदा सात जना घाइते

दाङ,१२ असोज । दाङको देउखुरीमा ट्रकले बसलाई ठक्कर दिदा सात जना घाइते भएका छन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा कृष्णनगरतर्फ जादै गरेको लु २ प ३२७७ नंम्वरको बसलाई विपरित दिशाबाट आउँदै गरेको ना २ ख ५४५६ नम्वरको ट्रकले ठक्कर दिदा बसका चालकसहित सात जना यात्रु घाइते भएका हुन ।

दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका– १० नारायणपुर निवासी ३२ बर्षीय शिव महरा, प्युठान जिल्ला ऐरावती गाउँपालिका–३ दारिमपा निवासी ३१ बर्षीय काशीनाथ पोख्रेल, रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–१ बेलबार निवासी १८ बर्षीय सुरेन्द्र बुढा घाइते भएका छन ।

त्यस्तै प्युठान जिल्ला माण्डवी गाउँपालिका–३ मछी निवासी १७ बर्षीया महेश्वर भट्टराई, सोही ठाउँ निवासी २१ बर्षीय सुशीला अर्याल, तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी निवासी ३० बर्षीय बसन्त खड्का र कपिलबस्तु जिल्ला शिवपुर गाउँपालिका–७ निवासी ७२ बर्षीय अबदुल मुसलवान घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।
घाइतेहरुको भालुबाङ स्थीत राप्ती पोलिक्लिनिकमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*