Home / Feature Breaking news / घाेराहीमा सवारी दुर्घटना: माेटरसाईकल चालककाे ज्यान गयाे

घाेराहीमा सवारी दुर्घटना: माेटरसाईकल चालककाे ज्यान गयाे

दाङ, ११ असाेज

दाङमा बसले माेटरसाईकललाई ठक्कर दिदाँ एक जनाकाे मृत्यु भएकाे छ । शनिवार बेलुका घाेराहीकाे बालमन्दिरमा बसले माेटरसाईकललाई ठक्कर दिदाँ एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाईते भएका छन् ।

घोराही उप-महानगरपालिका वडा नं. १४ बालमन्दिर नजिकै घाेराही बसपार्कबाट तुलसीपुर तर्फ जादै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक चालक घोराही उप-महानगरपालिका वडा नं. १५ बस्ने १७ वर्षीय प्रदिप जि.सीकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

घटनामा परि घाईते भएका जिसीलाई उपचारकालागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजादै गर्दा बाटाेमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी डिएसपी विनाेदविक्रम शाहले जानकारी दिनुभयाे ।

घटनामा परि माेटरसाईकलमा सवार जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ थारु गल्ली बस्ने १६ वर्षका सन्तोष चौधरी गम्भीर घाईते भएकाे प्रहरीले बताएकाे छ ।

उनकाे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा सामान्य उपचार पछि नेपालगञ्ज बाँके रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*