Home / Feature Breaking news / तत्काल तलब खुवाउन शिक्षक संघकाे माग

तत्काल तलब खुवाउन शिक्षक संघकाे माग

दाङ, असोज ११ ।

नेपाल शिक्षक संघ दाङले शिक्षकहरुलाई तत्काल तलव खुवाउन स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।

संघले आज शनिवार एक बिज्ञप्ति निकाले दशै लगायत ठूला चाडपर्वको मुखमा शिक्षकहरुले तलव नपाएको भन्दै तत्काल तल खुवाउन स्थानीयतहसँग माग गरेको हो । नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेत र सचिव प्रकाश रेग्मीले आज सम्युक्त बिज्ञप्ति निकालेर साउन यता शिक्षकहरुलाई तलव नखुवाएको भन्दै दाङका दश वटै स्थानीय तहलाई तत्काल शिक्षकका लागि तलवको ब्यवस्था गर्न आग्रह गर्नु भएको छ ।
यसैबिच नेपाल शिक्षक संघ दाङले आज घोराहीमा एक कार्यक्रम गरी बिजया दशमी, शुभ दिपावली र छड पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
संघका जिल्ला अध्यक्ष युवराज बस्नेतको अध्यक्षता एंव संघका ५ नं प्रदेश अध्यक्ष अर्जुनकुमार योगीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा बोल्दै प्रमुख आतिथि योगीले संगठनलाई थप प्रभावकारी बनाउने गरी दाङ सहित ५ नं प्रदेशभर नै अभियानको शुरुवात गरिएको बताउनुभयो । संगठनलाई थप प्रभावकारी बनाउन जिल्ला नेतृत्वले योजना बनाएर अघी बढ्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।
कार्यक्रममा संघका पूर्व बरिष्ट उपाध्याक्ष गोविन्द्र प्रसाद न्यौपाने, निर्वतमान महासचिव शुशीला योगी, संघीय प्रतिनिधि देवा पौडेल, सचिव अर्थ पूर्ण खत्री, संघका जिल्ला सहसचिव बसन्ता पौडेल, संघका घोराही अध्यक्ष गिरिराज शर्मा, तुल्सीपुर अध्यक्ष लेवेन्द्र के.सी, बंगलाचुली अध्यक्ष हेमराज पाण्डेय, लमहीका अध्यक्ष टुकाराम पौडेल, सहसचिवहरु निमबहादुर नेपाली र रामबहादुर बि सी, जिल्ला सदस्य लक्ष्मी न्यौपाने लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । संघका उपाध्याक्ष योगराज खत्रीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा उपाध्याक्ष महिला अनन्ता केसीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण संघका जिल्ला सचिव प्रकाश डाँगीले गर्नु भएको थियो ।
चारवटा संस्थाको सम्युक्त शुभकामना आदानप्रदान कार्यक्रम
दाङ, असोज ११ । दाङको घोराहीमा रहेको ज्यातिपूञ्ज आवासीय माध्यमिक विद्यालय, कलश बचत तथा ऋण सहकारी संस्था, सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था र रामपुरमा रहेको विलियम शेक्सपियर अग्रेजी विद्यालय गरी चार वटा संस्थाले आज एक सम्युक्त कार्यक्रमको आयोजना गरी बिजया दशमी, शुभदिपावली र छड पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेका छन ।
घोराहीको बाह्रकुने दहमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाहरुले आफ्नो कामसगै सामाजिक सेवाका लागि थालिएका कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताएका छन ।
ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लि. का अध्यक्ष हेमराज शर्माको सभापतित्वमा भएको कार्यक्रममा ती संस्थाका संस्थाका प्रमुख सहित शिक्षक र कर्मचारी तथा सञ्चालकहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै विलियम शेक्सपियर अग्रेजी विद्यालयका अध्यक्ष बालचन्द्र शर्माले आफूहरुले युवाहरुको सहभातिामा बिभिन्न क्षेत्रगत कार्यक्रम थालेको भन्दै अझ प्रभावकारी बनाइ अघी बढाउने बताउनु भएको छ । कार्यक्रममा बोल्दै सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले सहकारीले कृषि र सहकारीसँग जोडेर नयाँ कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका कोर्डिनेटर पूर्णचन्द्र पाण्डेयले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*