Home / Feature Breaking news / विकासको वर्ष शुरुः सांसद वली

विकासको वर्ष शुरुः सांसद वली

दाङ ९ असोज । जिल्ला स्तरिय वार्षिक समीक्षा विहीवार सकिएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा भएको समीक्षा गोष्ठीमा जिल्लाका दशैवटै पालिका, जिल्लामा रहेका सघिय, प्रदेशस्तरका कार्यालय र गैरसरकारी संस्था गरेर ३५ को सहभागिता थियो ।

समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल वलीले जनताको अपेक्षा अनुसार काम गरेर जानु पर्ने वताइन । ‘सवै सरकारले अवका वर्षलाई विकास र समृद्धिको वर्षको रुपमा लिनु पर्छ’, सासद वलीले भनिन्,‘ त्यो अनुसार योजना बनाएर काम गर्नु पर्छ ।’ कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी सासद वलीले पालिकाहरुले योजना बनाउदा जनतासँग प्रत्यक्ष जोडिएका विषयवस्तुमा ध्यान दिन सुझाव समेत दिइन ।

oli

कार्यक्रममा समापनमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी लगायतले मनतव्य राखेका थिए । जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिकरण इन्द्र डिसीले गरेका थिए ।

विहीवार तुलसीपुर उपमानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, शहरी विकास भवन, घरेलु तथा साना उद्योग,भुमिगत जलश्रोत, प्रगन्ना बडका पथ,स्वास्थ्य कार्यालय, वहृत्त दाङ उपत्यका सिचाइ आयोजना, नापी कार्यालय, भेटनरी कार्यालय र गैरसरकारी संस्थाहरु वेस, ओरेक, सुआहारा, सहकर्मी समाज,महिला सामुदायिक केन्द्र, नेपाल महिला सामुदायिक सेवा केन्द्र, इजिआरपी लगायतले आफनो वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । गोष्ठी बुधवार र विहीवार गरेर दुइदिनसम्म चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*