Home / समाचार / कम्युनिष्ट कुशासनका कारण जनताको साथ कांग्रेसलाईः नेता बराल

कम्युनिष्ट कुशासनका कारण जनताको साथ कांग्रेसलाईः नेता बराल

तुलसीपुर, ६ असोज । नेपाली कांग्रेसका नेता मोहन बरालले दाङ क्षेत्र नम्बर ३ (खं) को उपनिर्बाचनमा नेपाली काङ्ग्रेस बिजयी हुने दाबी गरेका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ख को आयोजनामा सोमवार पश्चिम दाङको पबननगरको देबिस्थानमा भएको राष्ट्रिय जागरण अभियान अन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभाका सदस्य समेत रहेका अभियानका केन्द्रिय प्रतिनिधि बरालले कम्युनिष्टको कुशासनका कारण अब जनताले नेपाली कांग्रेसलाई साथ दिने दाबी गरेका छन ।

बरालले झन्डै २ हप्ताको बसाई पछि यस पटकको उपनिर्बाचनमा जनता नेपाली काङ्ग्रेसलाई बिजयी गराउन आतुर रहेको आफुले बुझेको उल्लेख गर्नुभयो। क्षेत्र नम्बर ३ ख का सभापति खिम बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस दाङका सचिब शंकरप्रसाद डागी, क्षत्र नम्बर ३ का सभापति जगत बहादुर खड्का, काङ्ग्रेस महासमिति सदस्यहरु केशव आचार्य, खिमप्रसाद खराल, महासमिति सदस्य तथा काङ्ग्रेसका युबा नेता प्रदिपराज शर्मा, काङ्ग्रेस जिल्ला सदस्य पबित्रा धिताल, जिपि फाउन्डेसन दङिशरन गाउपालिका सम्योजक सम्भु गिरि लगायतले सरकार गलत बाटोबाट अगाडी बढेकाले अब जनताले कम्युनिस्टहरुलाइ तिरस्कार गर्ने दाबी गर्नुभएको थियो।

क्षत्रिय सदस्य लिलाराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा साबिक पवननगर इकाई सभापति तथा महाधिवेशन प्रतिनिधि फल्कुदत्त भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण क्षेत्रिय सचिब चुडामणि ढकालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*