Home / Feature Breaking news / नाम मात्रको बाल अस्पताल

नाम मात्रको बाल अस्पताल

दाङ,६ असोज । अस्पताल सञ्चालक समितिको लापरवाहीका कारण भारतीय दुताबासको सहयोगमा निर्माण भएको घोराही उपमहानगरपालिका–१६ सर्रामा रहेको नेपाल–भारतमैत्री उमाशंकरनाथ योगी बाल अस्पताल आफै थला परेको छ । कहिले चल्दै, कहिले बन्द हँुंदै गएको अस्पताल अहिले आफै बिरामी अवस्थामा थला परेको छ । अस्पतालमा स्वास्थ्य उपचार सेवा उपलव्ध छैन ।

अस्पतालको भवन निर्माण भएको दश बर्ष वित्यो । तर अस्पताल भने चल्न सकेको छैन । अस्पताल सञ्चालन हुन नसक्दा भवन कहिले प्रहरीले आवास , कहिले असहाय बालबालिका राख्ने केन्द्र त कहिले छाडाचौपायको आश्रय स्थल बन्न पुगेको छ । आर्थिक अभावका कारण भवन निर्माणपछि दुई पटक अस्पताल सञ्चालनको प्रयास भएपनि अस्पताल चल्न सकेन । अस्पताल चलाउनका लागि सञ्चालक समितिले समन्वय गर्न नसक्दा भवन निमार्ण भएर पनि अस्पताल चल्न नसकेको स्थानीयको आरोप रहेको छ ।

विभिन्न दाताको जग्गा दान गरेर भारतीय दुताबासले भवन निर्माण गरिदिएपनि अस्पताल सञ्चालक समितिको बेवास्थाका कारण अस्पताल सञ्चालन हुन नसकेको घोराही उपमहानगरपालिका वडा नं. १६ कार्यबाहक अध्यक्ष समेत रहेका जगत श्रेष्ठले बताए । सञ्चालक समितिले आफुले पनि चलाउन नसक्ने राज्यलाई सञ्चालन गर्न दिन पनि डराउने नेतृत्वका कारण अस्पताल चल्न नसकेको बताए । अस्पताल नचल्दा लाखौँ रुपैयाका बहुमुल्य मेसेनरी औजारहरु प्रयोगविहिन बन्न पुगेको समेत बताए । अस्पताल चल्न नसक्दा महत्वपुर्ण उपकरणहरु प्रयोगविहिन हुनका साथै अस्पतालका शैयाहरु कामै नलाग्ने हुन थालेका छन । त्यसमा सञ्चालक समितिले ध्यान नदिएको श्रेष्ठको गुनासो रहेको छ ।

उमाशंकरनाथ योगी बाल अस्पताल २०६६ सालमा भारतीय दुताबासको ६६ लाख रुपैयाको सहयोगमा निर्माण भएको थियो । भारतीय दुताबासले अस्पताल भवन निर्माणकालागी तत्कालिन जिल्ला विकास समिति मार्फत ७७ लाख रुपैया उपलव्ध गराएको थियो । तर टेन्डर आव्हान गर्दा ६६ लाख रुपैयाँमा अस्पतालको भवन निर्माण भएको थियो ।

अस्पताल निर्माण भएपछि २०६६ साल असारदेखि घोराही सञ्चालित बाल अस्पताललाई उक्त भवनमा सारिएको थियो । तर साउन महिनादेखि उक्त भवनमा प्रहरी समेत बस्न थाल्यो । अस्थायी प्रहरी चौकी सर्रा २०६६ साल साउनमा एक महिनाकालागि भनेर अस्पतालमा बसेको थियो तर २०७३ सालसम्म बस्यो । त्यही कारण बाल अस्पताल सञ्चालनमा समस्या सिर्जना भएको उमाशंकरनाथ योगी बाल अस्पताल सञ्चालन समितिका अध्यक्ष प्रदिप योगी बताउँछन । त्यसका लागि अस्पताल सञ्चालनका लागि आर्थिक श्रोत नै भएको उनी बताउँछन । बाल अस्पताल सञ्चालनका लागि कम्तीमा २ बर्ष बार्षिक ३० लाख रुपैयाँ कतैबाट सहयोग भए आफुले अस्पता सञ्चालन गर्न सकिने बताए । ‘अहिले अस्पतालसँग एक रुपैया छैन,कसरी डाक्टर र कर्मचारीहरु राख्ने समस्या छ’,उनले भने,‘राज्यले कम्तीमा दुई बर्षका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने हो भने अस्पताल चलाउन सकिन्छ ।’

आफुले अस्पताल सञ्चालनका लागि घोराही उपमहानगरपालिकासँगै राजनीतिक दल, संसदहरुसँग बजेटको माग गरेपनि कतैबाट सहयोग नभएको उनको गुनासो रहेको छ । ‘अस्पताल सञ्चालनका लागि राज्यका कुनै तहबाट हामीलाई सहयोग भएन्,’उनले भने,‘कतैबाट सहयोग नहुदा अस्पताल सञ्चालन गर्न सकिएन ।’ जसका कारण अस्पताल सञ्चालन गरिएपनि बन्द हुन पुग्यो ।

अस्पतालमा एक्सरे मेसिन, ल्याव मेसिन, १० वटा वेड,अन्य परीक्षण गर्ने उपकरणहरुहरु भएपनि प्रयोगविहीन हुन पुगेको योगीको भनाई छ । ‘अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै उपकरणहरु छन’,उनले भने,‘राज्यले केही महिनाक लागि अस्पतालमा डाक्टर र औषधिको व्यवस्था गरिदिन सके मात्र पनि अस्पताल सञ्चालन गर्न सकिन्छ’,उनले भने,‘अस्पताल सञ्चालन गर्न सके बालबालिकाहरुलाई सर्रामै सेवा प्रदान गर्न सकिने भएपनि त्यसमा राज्यको पहल देखिएन ।’

पछिल्लो समयमा घोराही उपमहानगरपालिकाले अनाथलयका रुपमा सञ्चालन गर्न खोजेपनि त्यो पनि सफल हुन नसकेको योगीले बताए । बाल अस्पताललाई घोराही उपमहानगरपालिकाले अनाथालयका रुपमा सञ्चालन गर्न खोजेपनि नगसकेको उनी बताउँछन । ‘अनाथालय सञ्चालनकालागि सुत्नलाई कपडा,खाना पकाउने भाडासँगै अस्पतालको जग्गालाई तरबार गर्ने काम समेत गरिएको थियो’,उनले भने,‘तर स्थानीय सरकारले त्यो पनि गर्न सकेन ।’

बिद्युत बक्यौदा दुई लाख बढि

२०७३ सालमा पछिल्लो पटक अस्पताल सञ्चालनको प्रयास भएपनि विद्युत महशुल तिर्न नसक्दा अस्पताल बन्द गर्नुपरेको अध्यक्ष योगीले बताए । अस्पताल सञ्चालनको प्रयास भएपनि विद्युत कार्यालयले विद्युत काटेपछि अस्पताल सञ्चालनमा समस्या भयो । ‘अस्पताल भवनमा प्रहरी बस्दा दुई लाख २५ हजारको विद्युत बालेको रकम तिर्नु पर्ने रहेछ’,उनले भने,‘ त्यो रकम तिर्न नसक्दा विद्युतले लाईन काटेपछि अस्पतालाई थप समस्या भएको हो ।’ प्रहरी बस्दा आएको विद्युत महशुल प्रहरीले तिर्नुपर्छ भन्दा समेत प्रहरीले अटेरी गरि नतिरेको अस्पताल सञ्चालक समितिको आरोप छ ।

तर आफ्नो संस्थाको स्वामित्व रहेका कारण विद्युत कार्यालयले अस्पतालसँगै माग्ने गरेको छ । अस्पतालमा दुई लाख २५ हजारको व्याज सवै गरेर करिव तीन लाख पुग्न थालेको योगीले बताए । विद्युतमा तिर्नुपर्ने रकमका बारेमा तत्कालिन दाङका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीसँगै तत्कालिन नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याललाई भनेपनि कतैबाट सुनुबाई नभएको अध्यक्ष योगी बताउँछन ।

उनका अनुसार अस्पताल सञ्चालनकालागि पहिलो संविधान सभाको निर्वाचनमा दाङबाट निर्वाचित सांसद कृष्ण वहादुर महराको १५ लाख रुपैयाँ बाहेक अनेत्रबाट अहिलेसम्म कुनै प्रकारको सहयोग भएको छैन । महराले सांसद विकास कोषबाट १५ लाख रुपैया सहयोग गरेका थिए । त्यही रकमबाट एक्सरे, ल्याव मेसिन,बेडलगायतका सामग्री किनिएको अध्यक्ष योगीले बताए । बाल अस्पताल राप्ती सेवा संघको पहलमा निर्माण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*