Home / Feature Breaking news / डेंगुका दाङमा एक सय ४ जना बिरामी

डेंगुका दाङमा एक सय ४ जना बिरामी

दाङ,६ असोज । दाङमा करिव एक महिनाको अवधिमा जिल्लामा एक सय बढि मानिसहरुमा डेंगुको संक्रमण देखिएको छ । गत साउनको ३२ गतेदेखि हालसम्म जिल्लाका विभिन्न स्थानीय तहमा एक सय ४ जनामा डेंगु रोगको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन ।

जस मध्य ५९ जना पुरुष र ४५ जना महिलाहरु रहेका छन । बिरामीहरु मध्य ९४ जना उपचारपछि घर फर्किएका छन । जिल्लामा बिरामीहरुको संख्या बढ्ने क्रम रहेको समेत उनले बताए । फोकल पर्सन चन्दका अनुसार राप्ती प्रादेशीक अस्पताल तुलसीपुरबाट २२ जना, देउराली किल्निकबाट १४ जना,राप्ती लाईफ केयर हस्पीटलबाट १८ जना,शिव मेडिकल घोराहीबाट पाँच जना,गोर्खा हस्पीटल घोराहीबाट ६ जना,तुलसी बाल अस्पताल तुलसीपुरबाट पाँच उपचार गराएका छन । त्यस्तै अन्य जिल्लाका विभिन्न अस्पतालसँगै जिल्ला बाहिर गएर समेत उपचार गराउने बिरामीहरु रहेका चन्दले बताएका छन ।

जिल्लामा डेंगु रोगका कारण यसबर्ष एक जनाको मृत्यु भएपनि जिल्ला स्वास्थ्य कार्यालयले भने अझै पुष्टि गरेको छैन । केही दिन पहिले डेंगु रोगका कारण दंगीशरण गाउँपालिका निवासी एक जना महिलाको नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घोराहीमा लामखुट्टे मार्न बिषादी छर्किन सुरु
डेंगुका विरामीहरु बढ्दै गएपछि घोराही उपमहानगरपालिकाले लामखुट्टेको बासस्थान नै नष्ट गर्नका लागि बिषादी छर्किन सुरु गरेको छ । पछिल्लो समय डेंगु, मलेरीयालगायका संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको बासस्थानको खोजी गरेर नष्ट गर्नका लागि आज आइतबारदेखि लामखुट्टे मार्न बिषादी छर्कन सुरु गरेको हो ।

उपमहानगरको स्वास्थ्य शाखाले लामखुट्टे खोज अनि मार भन्ने अभियान अन्तरगत त्यसका अण्डा र लार्भालाई नष्ट गर्न बिषादी छर्कने काम सुरु गरेको हो । लामखुट्टेको बासस्थान खोज्दै बिषादी छर्कने काम सुरु गरेको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिए । उपमहानगरपालिकाले औषधी छर्कनका लागि पाँच जना मानिस परिचालन गरेको छ ।

त्यसका लागि घोराही उपमहानगरको कार्यालयबाटै लामखुट्टे मार्ने अभियान सुरु गरिएको र नगरबासीहरुले माग गरेको ठाउँमा पनि विषादी छर्कने स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए । घर भित्र र बाहिर विषादी छर्कने गरी योजना बनाएर अभियान सुरु गरेको उनले जानकारी दिए ।

त्यसका लागि करिब ५ लाख रुपैयाँको विषादी उपमहानगरले खरिद गरेको समेत घर्तिले जानकारी दिए । सचेतना अभियानसँगै विषादी छर्कन थालेको हो । एक महिनाको अवधिमा घोराही उपमहानगरपालिकाभित्र २५ जना बढीमा डेंगुको संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*