Home / समाचार / प्रतिष्ठानको खस्कदो स्वास्थ सेवाप्रति चिन्ता

प्रतिष्ठानको खस्कदो स्वास्थ सेवाप्रति चिन्ता

दाङ,५ असोज । मानवअधिकार सञ्जाल दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको खस्कदो स्वास्थ्य सेवा प्रति चिन्ता व्यक्त गरेको छ । सञ्जालले आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमण गरेर अनुगमनका क्रममा देखिएको अवस्थाका बारेमा जानकारी गराएको हो ।

नागरिकहरुको स्वास्थ्य अधिकारको हनन् भएको जनगुनासो आएपछि प्रतिष्ठानमा अनुगमण गरेको मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माले जानकारी दिएका छन । पत्रकार सम्मेलनमा बोल्दै सञ्जालका संयोजक शर्माले प्रतिष्ठानमा डाक्टरहरु नहुदा विरामीहरु संख्यामा समेत कमी आएको बताएका थिए । ‘प्रतिष्ठानमा विरामीहरु छैनन्, सुनसान छ’,संयोजक शर्माले भने,‘तर छेउकै निजी किल्निक भरिभराउँ छन ।’ प्रतिष्ठानको स्वास्थ्य सेवालाई सुधार गर्दै सविधानले प्रदान गरेको स्वास्थ्य सेवा जनतालाई प्रदान गर्न समेत प्रतिष्ठानलाई आग्रह गरिएको छ ।

अनुगमनका क्रममा प्रतिष्ठानमा गाइनो, सर्जरी र हाड तथा छाला रोग बाहेकका अन्य सुविधा बन्द रहेको पाइएको संयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । मेडिकल वार्ड, बाल वार्ड पूर्ण रुपमा खाली रहेको भन्दै संयोजक शर्माले सर्जरी वार्डमा २ जना र इमर्जेन्सीमा ८ जना मात्रै बिरामी रहेको पाइएको जानकारी पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

त्यस्तै अस्पतालमा फोहोरको डङगुर भएपनि त्यसलाई हटाउन पहल नगरेको, पोष्टमार्टम गर्ने डाक्टर प्रतिष्ठानमा नहुदा विगत एक महिनादेखि पोष्टमार्टम पूर्वरुपमा बन्द रहेकालगायतका पाइएको बताएका थिए । अनुगमनमा मानवअधिकार सञ्जालमा आवद्ध विभिन्न मानवअधिकार संघसग्ठानहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*