Home / Feature Breaking news / बजारैभरी जुम्ली स्याउ

बजारैभरी जुम्ली स्याउ

अमरराज आचार्य
दाङ,५ असोज । जिल्लामा पछिल्लो समय जुम्ली स्याउको माग वढदै गएको व्यवसायीहरुले बताएका छन् । ठेलाहरुमा होस वा फलफुल पसलमा अर्थात भ्यानमै पनि जुम्ली स्याउको व्यापार बढेको छ । खान स्वादिलो र भाउ पनि सस्तो भएपछि उपभोक्ताहरु जुम्ली स्याउमा तानिंदै छन् । ग्रेडिङ स्याउको मुल्य १ सय २५ स्पैया प्रतिकिलो भएपनि ग्रेडिङ नगरिएको जुम्ली स्याउको उपभोक्ता मुल्य प्रतिकिलो एक सयको हाराहारीमा रहेको उपभोक्ताहरुले बताएका छन् ।

अहिले जिल्लामा जुम्ला तथा रुकुम लगाएका जिल्लाहरुबाट स्याउ आउने गरेको घोराही फलफूल व्यवसायी समितिका अध्यक्ष भगत विकले जानकारी दिएका छन । केही मात्रामा चाइनीज स्याउ समेत जिल्लामा आउने गरेको छ । कुनै समयमा धेरै मात्रामा भित्रने भारतीय स्याउ अहिले न्युन मात्रामा आउने गरेको उनको भनाइ रहेको छ । ‘अहिले स्वदेशी स्याउको नै माग वढी रहेको छ’ अध्यक्ष विकले भने । धेरै मात्रामा जुम्लाको स्याउको माग वढी हुने गरेको उनको भनाइ छ ।

जुम्लावाट समेत कृषकहरुले आफै विक्रीका लागि ल्याउने गरेको उनले बताए । जुम्लाका कृषकहरुले अहिले वजार तथा गाऊ गाऊमा पुगेर समेत स्याउ विक्री गर्ने गरेका छन् । ‘कृषकहरुले ल्याएर आउनु भएको हुन्छ हामीले त्यही राख्ने हो, विकले भने । कृषकहरुले जहा राम्रो मुल्य पायो त्यही स्थानमा विक्री गर्ने गरेको उनको भनाइ छ । अहिले वजारमा जुम्लाको स्याउको मुल्य फुटकरमा १ सय देखि १ सय २० रुपैया सम्म रहेको बताए । त्यसैगरेर चाइनाको स्याउ प्रति किलो फुटकरमा १ सय ४० देखि १ सय ५० सम्म रहेको उनको भनाइ छ । टाढा वाट ल्याउनु पर्ने, भन्सार तिनु पर्ने भएकाले पनि चाइनाको स्याउ महङगो हुने व्यवसायिहरु बताउछन् । सस्तो तथा राम्रो हुने भएकाले जुम्लाको स्याउ खोज्ने गरेको व्यवसायिहरु बताउछन् ।

जिल्लामा रुकुम वाट समेत स्याउ भित्रीने गरेको छ । सल्यान जिल्ला घर भएका व्यवसायि जर्मन शाहीले रुकुम पुर्व जिल्लाको उतरगंगा गाऊपालिका वाट स्याउन ल्याएर जिल्लामा विक्री गर्ने बताए । उनले यस वर्ष रुकुम वाट ल्याएर करिव ५ सय क्वीटल स्याउ ल्याएर विक्री गर्ने लक्ष्य रहेको बताए । त्यसका लागि कृषकसंग स्याउ सम्झौता समेत गरि सकेको बताए । कृषकहरुको सहमती मै उनले कृषकलाई वोटमा नै ३ हजार रुपैया क्वीटल प्रदान गरेको बताए । स्याउ उत्पादन भए पनि वजार पाउन नसकेकोले आफुले उक्त क्षेत्र वाट स्याउ वजार सम्म ल्याउने पहल गरेको बताए । उनले स्याउ ल्याएर दाङ, सल्यान, अन्य जिल्ला सम्म पु¥याउन लागि परेको शाहीले बताए । यसले गर्दा कृषकहरुले समेत मुल्य पाउने उनको भनाइ रहेको छ ।

उक्त क्षेत्रको स्याउ केही मात्रमा रुकुम सम्म आए पनि धेरै स्याउ गाऊमा नै खेर जाने गरेको उनी बताउछन् । वजार सम्म ल्याउनका लागि समस्या भएको कारण स्थानिय वासीन्दाहरुले ल्याउने गरेका छैनन । जसले गर्दा लाखौ रकमको स्याउ खेर जाने गरेको थियो । ‘सहज यातायात सुविधा छैन ढुवानीको लागि समस्या रहेको छ’ शाहीले भने । खच्चर वाट बोकाएर सडक पुगेको स्थान सम्म ल्याउनु पर्ने वाध्यता रहेको उनले बताए । भने खोलामा तार्नेका लागि उस्तै समस्या हुने गरेको छ ।

यसले गर्दा खर्च समेत वढी हुने भएकाले मुल्यमा समेत वृद्धि हुने शाही बताउछन् । लगातर भएको वर्षाको कारण स्याउ ल्याउन केही ढिला हुने उनको भनाइ छ ।
वर्षाको कारण स्याउ टिप्न तथा पहाडी वाटो भएकाले ढुवानी गर्न समेत समस्या भएको छ । उनका अनुसार दाङमा ल्याएर विक्री गर्दा सम्म १ सय २० रुपैया सम्म पुग्ने अनुमान गरेको बताए । खानको लागि स्वादिलो भएको कारण यो स्याउ वजारमा आइ पुगेपछि माग वढने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*