Home / Feature Breaking news / साहित्यकार रेग्मीको कविता संग्रह ‘पहराको जून’ बिमोचन

साहित्यकार रेग्मीको कविता संग्रह ‘पहराको जून’ बिमोचन

दाङ,४ असोज । साहित्यकार यम रेग्मीको पुस्तक ‘पहराको जून’ कविता संग्रह बिमोचन भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा भएको कार्यक्रममा कवि रेग्मीद्धारा लिखित कविता संग्रह ‘पहराको जून’ पुस्तकको बिमोचन गरिएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा डा.गोविन्द आचार्यलगायतका अतिथिहरुले पुस्तकको बिमोचन गर्नुभएको थियो । पहराको जून कविता संग्रह लेखक रेग्मीको दोश्रो कविता संग्रह हो । लेखकले यो भन्दा पहिले ‘खुल्ला संसार’ कविता संग्रह लेखेका थिए । बुलबुल पव्लीकेशन प्रालि काठमाडौले प्रकाशन गरेको पुस्तकमा ५२ वटा कविताहरु रहेका छन ।

बिमोचन कार्यक्रममा पुस्तकको समिक्षा साहित्यकारहरु डां कृष्णराज डिसी डा.हिमलाल पन्थीले गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले छन्द्धबद रुपमा लेखिएका कविताहरुले देश प्रेम, राष्ट्रियतासँगै समाजका विकृति र विसंगतिका विरुद्धमा आवाज उठाएको बताएका थिए । त्यस्तै छन्द्धबद्ध रुपमा लेखिएका कविताहरु रोचक र मिठापूर्ण रहेका बताएका थिए ।

कार्यक्रममा सल्लाहकार उत्तमकृष्ण मजगैया, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेलगायतले शुभेच्छा प्रकट गरेका थिए । पुस्तकका लेखक यम रेग्मीले कृति लेख्दाका भोगाईसँगै कार्यक्रममा धन्यवाद ज्ञान गरेका थिए । ‌

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष नगेन्द्र गुरुको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको सहजीकरण प्रकाश केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*