Home / Feature Breaking news / साफ यू–१८ः माल्दिभ्सविरुद्ध नेपालको बराबरी

साफ यू–१८ः माल्दिभ्सविरुद्ध नेपालको बराबरी

काठमाडौं,३ असोज। यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ । शुक्रबार समूह ए अन्तर्गत भएको खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो ।

हलचोकस्थित एपीएफको खेल मैदानमा भएको खेलमा माल्दिभ्सले सुरुवाती अग्रता बनाएको थियो । माल्दिभ्सका लागि खेलको १२ औँ मिनेटमा कप्तान हसन नजेमले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

यसअघि खेलको दोस्रो मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए । खेलको पाँचौ मिनेटमा माल्दिभ्सका कप्तान हसन नजेमले गरेको प्रहार नेपालका गोलरक्षकले सहजै रोकेका थिए । खेलको नौं औँ मिनेटमा नेपालले गरेको उत्कृष्ट कर्नर प्रहार माल्दिभ्सका गोलरक्षकले सिधै बचाएका थिए ।

त्यस्तै खेलको २० औँ मिनेटमा नेपालले गोल गर्ने तीन अवसर पाएपनि तीनपटक माल्दिभ्सका गोलरक्षकले रोकेर फर्काएका थिए । खेलको २८ औँ मिनेटमा नेपालले फल हाल्ने मौका पाएपनि सदुपयोग गर्न सकेन् । खेलको ३४ औं मिनेटमा माल्दिभ्सका कप्तान हसन नजेमले डी एरिया नजिकबाट गरेको उत्कृष्ट प्रहार आउट भएको थियो । खेलको ४२ औँ मिनेटमा माल्दिभ्सले डी एरिया नजिकै पाएको फल अहमेद सहमाले सदुपयोग गर्न सकेन् ।

खेलको ५३ औँ मिनेटमा नेपालका ब्रिजेस चौधारीले डी एरिया नजिक हानेको उत्कृट प्रहार पोल माथिबाट गएर आउठ भएको थियो । ५९ औँ मिनेटमा नेपालका मनिस डाँगीले डी एरिया भित्रबाट हेड गरे पनि गोल भने हुन सकेन् । ६३ औँ मिनेटमा नेपालका कप्तान जय गुरुङले हानेको उत्कृष्ट प्रहार माल्दिभ्सका गोलरक्षकले बचाएका थिए ।

६६ औँ मिनेटमा नेपालका मनिसले वान टु वान लिएको बल डी एरिया भित्रबाट हान्दा माल्दिभ्सका गोलरक्षकले रोकेका थिए । खेलको ७१ औँ मिनेटमा नितिन थापाले पोस्ट नजिकको बल उत्कृष्ट प्रहार गर्दा पोलमा लागेर फर्किएको थियो । त्यसको केही समय पछि पुन नितिन थापाले हानेको बल आउट भएको थियो । खेलको ७४ औँ मिनेटमा नेपालका मनिस डाँगीले गोल गर्दै नेपाललाई बराबरी गोल फर्काएका थिए ।

त्यसपछि नेपालले इन्जुरी समयमा धेरै अवसरहरु पाएपनि सदुपयोग गर्न भने सकेन् ।बाह्रखरी अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*