Home / समाचार / पश्चिम दाङको कांग्रेस जागरण अभियानमा कार्यकर्ताको सत्साह

पश्चिम दाङको कांग्रेस जागरण अभियानमा कार्यकर्ताको सत्साह

तुलसीपुर, १ असोज । नेपाली काङ्ग्रेसको रास्ट्रिय जनजागरण अभियान अन्तर्गत पश्चिम् दाङमा नेपाली काङ्ग्रेसले बिशेष सक्रियता बढाएको छ। आगामी मङ्सिर १४ गतेको निर्वाचनलाई मध्यनजर गरेर पनि दाङ ३ ख मा काङ्ग्रेसको जनजागरणप्रति कार्यकर्ता तथा जनताको आकर्षन बढेको हो।

नेता कार्यकर्तादेखि सर्बसाधारनहरु उत्साहित भएर कार्यक्रममा सहभागी भइरहेको ३ ख का सभापति खिम बहादुर वलीले जानकारी दिएका छन । सभापति वलीका अनुसार निर्वाचन आउन थोरै समय बाँकी भएकाले पनि सबै नेता कार्यकर्ताहरुमा उत्साह बढेको छ । अभियान अन्तर्गत आज नेपाली काङ्ग्रेस दाङ ३ ख का क्षेत्रिय सभापति खिम बहादुर वलीको अध्यक्षतामा आज पुरन्धाराको हापुरे र हङ्सपुरमा कार्यक्रम गरेको छ।

सभापति खिम बहादुर वलकिो अध्यक्षता तथा केन्द्रिय प्रतिनिधि मोहन बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काङ्ग्रेस दाङका सचिब शंकरप्रसाद डागी, काङ्ग्रेस नेताहरु केशव आचार्य , खिमप्रसाद खराल, क्षेत्र नम्बर ३ का सभापति जगत बहादुर खड्का, क्षेत्रिय सचिब गोबिन्द घिमिरे, कोषाध्यक्ष भद्र खड्का, साबिक पुरन्धारा सभापति बल बहादुर बुढालगायतले आगामी निर्वाचनमा काङ्ग्रेसलाई निर्बाचित गराएर गलत बाटोमा हिडिरहेको सरकारलाइ सच्याउन दबाब दिनुपर्ने बताएका थिए।
त्यस्तै क्षेत्र नम्बर ३ क मा पनि ससक्त रुपमा अभियान चलिरहेको छ। ३ क का सभापति घनश्याम ढकालको अध्यक्षता एबम केन्द्रिय प्रतिनिधि सुरेन्द्र हमालको प्रमुख आतिथ्यमा कृष्ण मन्दिर दुधेनामा भएको कार्यक्रममा काङ्रेस जिल्ला सदस्यहरु देबा डागि, जित बहादुर केसी, महाधिवेशन प्रतिनिधि चेत बहादुर सेर्पाइली, काङ्ग्रेस नेत्री देबिका नेपाली, चित्रा गिरि, बन महासङका पूर्व जिल्ला अध्यक्ष शोभाकर सापकोटा लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

क्रियाशिल सदस्य जित बहादुर खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा इकाई सभापति लीलामणि गौतमले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण इकाई सचिब तथा नेबिसङका नेता किरण केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*