Home / Feature Breaking news / लागुऔषध अफिमसहित महिला पक्राउ

लागुऔषध अफिमसहित महिला पक्राउ

दाङ,२९ भदौ । दाङ प्रहरीले घोराहीबाट लागुऔषध अफिमसहित एक जना महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले ३ केजी ३ सय ग्राम लागुऔषध अफिमसहित रोल्पा जिल्ला थवाङ गाउँपालिका–२ घर भै हाल घोराही उपमहानगरपालिका–३ गोग्लीमा डेरा गरि बस्ने २२ बर्षीय नवीना रोका (घर्ति)लाई पक्राउ गरेको हो ।

उनलाई घोराही उपमहानगरपालिका–१४ मा डेरा गरि बस्ने बिरमाया पुनको कोठाबाट प्रतिबन्धित अफिमसहित आइतवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

पक्राउ परेकी रोका (घर्ती)लाई लागुऔषध नियन्त्रण ऐन २०३३ दफा २२ (घ) अनुसार मुद्धा दर्ता गरेर कारवार्ही पक्रियालाई अघि बढाएको शाहले जानकारी दिए । साथै बिरमाया पुनलाई पनि प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*