Home / Feature Breaking news / जिल्लास्तरिय तेक्वान्दो प्रतियोगितामा भरतपुर आईटिएफ तेक्वान्डो डोजाङ प्रथम

जिल्लास्तरिय तेक्वान्दो प्रतियोगितामा भरतपुर आईटिएफ तेक्वान्डो डोजाङ प्रथम

दाङ, २८ भदौ । जिल्लास्तरिय आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा घोराहीको भरतपुरमा रहेको भरतपुर आईटिएफ तेक्वान्दो डोजाङ प्रथम भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ शुक्रवारदेखि सुरू भएको प्रतियोगितामा भरतपुर आइटिएफ तेक्वान्डो डोजाङ प्रथम हुन सफल भएको हो ।

प्रतियोगितामा समृद्धि आईटिएफ तोक्वान्डो डोजाङ द्धितिय भएको छ । भरतपुर आईटिएफ तेक्वान्दो डोजाङको आयोजना एवं दाङ आईटिएफ तोक्वान्दो संघको संयोजनमा भएको प्रतियोगितामा भरतपुर आईटिएफ डोजाङका खेलाडी सार्थक अधिकारी उत्कृष्ट पुरुष खेलाडी घोराही भएका थिए । त्यस्तै महिलातर्फ भरतपुरकै आयुष्मा गिरी र उत्कृष्ट रेफ्रि नेपालगंजका राजु चौधरीलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै प्रतियोगितामा २० देखि २५ केजी समुहमा सार्थक अधिकारी र सिनियरमा आशिस वली प्रथम भएका छन । २० देखि ३० केजी समुह जुनियरमा सुलभ नेपाली र सिनियरमा मोहन विसी, ३० देखि ३५ केजी समुहमा जुनियरमा कृतिश विके, ३५ देखि ४० केजी समुहमा अनिल वली, ४० देखि ४५ केजी समुहमा दिपेन्द्र थापा प्रथम भएका थिए । त्यस्तै४० देखि४५ केजी समुहमा डिल्लीराज बस्नेत५० देखि ५५मा पवन वली, ६० देखि ६५मा उत्तम थापाले जित हात पारेका थिए ।

ramesh

महिला तर्फ २० देखि २५ केजी समुहमा आयुष्मा गिरी, ३० देखि ३५ केजी समुहमा बन्दना चौधरी, ३५ देखि ४०मा अस्मी पुन मगर, ४० देखि ४५मा अस्मिता वली, ५५ देखि ६० केजी समुहमा संजिता पुन मगर विजेता बनेका थिए । आईटिएफ दाङका अध्यक्ष प्रेम बुढाको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्वर १५का वडा अध्यक्ष रमेश पाण्डेयले नयाँ खेलाडीलाई अनुशासन, लगनशिल र मेहेनती बनाउनुपर्ने बताएका थिए । कार्यक्रम सहजीकरण सल्लाहकार कार्यक्रमको सचालन केशव गिरीले गरेका थिए ।

कार्यक्रममा प्रथम, दितिय र तृतिय स्थान हासिल गर्ने खेलाडीहरु, सहयोगीदाता, संचारकर्मी लगायतलाई सम्मान गरिएको थियो । प्रतियोगितालाई सफल बनाउनका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पुर्णलाई अयोजक भरतपुर आईटिएफ तेक्वान्दो डोजाङले धन्याबाद ज्ञापन गरेको छ ।

डोजाङका अध्यक्ष भीमबहादुर थापाले शनिवार एक विज्ञप्ति जारी गर्दै दुई दिनसम्म प्रथम जिल्लास्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने जिल्ला फुटबल संघका सचिव नरेन्द्र पुन, शिशिर अधिकारी, तारा पुरी, भुपेन्द्र रोकामगर,सुवास पुनलगायतका सम्पुर्ण सहयोगीहरुलाई धन्यावाद ज्ञापन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*