Home / समाचार / जनप्रतिभा टोल विकास सस्थाको अध्यक्षमा गौतम

जनप्रतिभा टोल विकास सस्थाको अध्यक्षमा गौतम

दाङ,२८ भदौ । घोराही–१५ स्थीत जनप्रतिभा टोल विकास संस्थाको पाँचौ साधारणसभा तथा चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ । संस्थाको अधिवेशनले ७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको अध्यक्षमा ऋषिराज गौतम चयन भएका छन् । यसैगरि उपाध्यक्षमा रेखा केसी, सचिवमा भिउसन गौतम र कोषाध्यक्षमा चुमाकान्त पौडेल चयन भएका छन् । यसैगरि सदस्यहरुमा दीपा केसी, रमेश रोका र चम्फा गौतम चयन भएका छन् । यसैगरि संस्थाको सल्लाहकारहरुमा डा. अमर गिरी र बुद्धिकला शर्मा चयन भएका छन् ।

संस्थाका अध्यक्ष लक्ष्मण अधिकारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले जनप्रतिभा टोलको बिकासका लागि आँफु कटिवद्ध रहेको भन्दै त्यहाँको बाटोघाटो र संस्थाको भवन निर्माणका लागि वडाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा जनविहानी टोल विकास संस्थाका सचिव निमानन्द गैरे, जनकल्याण टोल विकास संस्थाका अध्यक्ष गिरीराज दशौँदी, जनप्रतिभाटोल विकास संस्थाका सदस्य देवेन्द्र केसी,कपिलदेव पोख्रेल र केशवराज पोख्रेल लगाएतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा कोषाध्यक्ष ऋषिराज गौतमले आर्थिक प्रतिवेदन र सचिव भिउसन गौतमले बार्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक डम्मरकुमारी केसीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण सचिव भिउसन गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*