Home / Feature Breaking news / कम्युनिष्ट सरकारका विरुद्ध लड्न पाटीमा एकता आवश्यकः पाटी सभापति देउवा

कम्युनिष्ट सरकारका विरुद्ध लड्न पाटीमा एकता आवश्यकः पाटी सभापति देउवा

दाङ,२७ भदौ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारका विरुद्धमा लड्न पाटीमा एकता आवश्यक रहेको बताएका छन । पाटीमा एकता नहुदा कम्युनिष्टबाट आक्रमण भएको भन्दै उनले पाटी एकढिका भएर कम्युनिष्टका विरुद्ध लड्नुपर्ने बताए ।

‘नेपाली काग्रेस आपसमा नमिल्दा कम्युनिष्टबाट आक्रमण भएको छ’,पाटी सभापति देउवाले भने,‘कम्युनिष्टका विरुद्ध लड्न पार्टीमा एकता आवश्यक छ ।’ सभापति देउवाले हिजो बाँकेमा आयोजना गरिएको जागरणसभामा आक्रमण गर्ने दोषीलाई कारवाही गर्न समेत सरकारलाई आग्रह गरेका छन ।

उक्त घट्नाका दोषीलाई कारवार्ही नभए संसद चल्न नदिने देउवाले दाङबाट चेतावनी दिए ।
दाङको घोराहीमा आयोजना गरिएको बिश्वेश्वरप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै पार्टी सभापति कोइरालाले जागरणसभाको शान्तिपूर्ण कार्यक्रममा कम्युनिष्ट पार्टीबाट भएको आक्रमणको विरोध गर्दै दोषीलाई कारवार्ही गर्न बर्तमान सरकारलाई आग्रह गरेका हुन । ‘नेपाली काग्रेसले आयोजना गरिएको शान्तिपूर्ण कार्यक्रममा प्रवेश गरि आक्रमण गर्ने व्यक्तिहरुलाई सरकारले कावार्ही गर्नुपर्छ’,पार्टी सभापति कोइरालाले भने,‘कारवार्ही नगर्दासम्म पार्लामेन्ट सञ्चालन हुन दिदैनौ ।’ उनले बाँके पार्टी सभापति किरण कोइरालालगायतका नेता कार्यकर्ताहरुलाई आक्रमण गर्ने दोषीलाई कुनै पनि हालतमा सरकारले कारवार्ही गर्नुपर्ने समेत बताए ।

1
हिजोको घट्नाले कम्युनिष्ट सरकार एक दलिय अधिनायकबाद लाद्न खाजेको पुष्टि भएको समेत बताए ।

लोकतन्त्रमा हरेक पार्टीले आफ्ना कुराहरु शान्तिपुर्ण रुपमा जनता समक्ष राख्न पाउने अधिकार भएपनि बर्तमान कम्युनिष्ट पार्टी त्यसको विरुद्धमा लागेको बताए ।

लोकतन्त्र विरुद्ध लाग्ने कम्युनिष्ट सरकारका विरुद्धमा लड्न काग्रेसका विरुद्धमा एकता आवश्यक रहेको समेत उनले बताए । ‘काग्रेसमाथिको आक्रमण भनेको लोकतन्त्रमाथिको आक्रमण हो’,उनले भने,‘लोकतन्त्रमाथिको आक्रमण बचाउन काग्रेसका विचमा एकता आवश्यक छ ।’ पाटी एक ढिका नहुँदा आक्रमण भएको भन्दै उनले लोकतन्त्र र पार्टीलाई बचाउन पार्टीका नेतादेखि कार्यकर्ताहरु एक ठाउँमा आउनुपर्ने बताए ।

2

पार्टीलाई एकताको सुत्रमा बाध्नका लागि पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुले बिपीको विचारलाई आत्मसाथ गर्नुपर्ने समेत बताएका थिए ।
त्यस्तै उनले नेपाली राजनीतिक हरेक आन्दोलनमा दाङको महत्वपुर्ण भुमिका हुने गरेको बताएका थिए ।

नेपाली काग्रेसका दाङका सभापति किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सभापति देउवाले नेपाली काग्रेस साविक क्षेत्र नं.३ ले घोराही उपमहानगरपालिका वडा नं. १५ को बिपी चोकमा स्थापना गरेको बिपी कोइरालाको पूर्णकदको शालिक अनावरण गरेका थिए ।

bpp

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बर्तमान कम्युनिष्ट सरकारका कारण जनताले दु.ख पाएको बताएका थिए । कम्युनिष्ट सरकारले महंगी, हत्याहिंसा, बलात्कारलगायतका घट्नाहरुमा नियन्त्रण गर्न नसकेको भन्दै चर्काे आलोचना भएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका नेता तिर्थराज ज्ञवाली चैतु, नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी, केन्द्रीय सदस्य किशोरसिं राठोर, केन्द्रीय सदस्य शिला खड्का, नेपाली काग्रेसका पूर्व सभापति विरकेश्वरी गौतम, घनश्याम रेग्मी, पूर्व सहसभापति मोहनलाल वली, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, प्रदेशसभा सदस्य सुरेन्द्र हमाललगायतले सरकारले जनतालाई शान्तिको अनुभति गर्न नदिएको बताएका थिए ।

sher

त्यस्तै पूर्व सांसद राजु खनाल, पूर्व सांसद योगेन्द्र चौधरी,पूर्व सांसद आशा विक,नेपाल महिला संघकी केन्द्रीय सदस्य गिरिजा न्यौपाने,नेपाली काग्रेसका नेताहरु धुर्व पुरी, नेपाली काग्रेस क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेय, क्षेत्र नं. २ का सभापति भुपबहादुर डागी, क्षेत्र नं. ३ का सभापति जगत खड्का,नेपाली काग्रेसका नेता भरत न्यौपाने, जानकीलाल बस्नेत, कमलकिशोर घिमिरेलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली काग्रेसका उपसभापति कमानसिंङ भारतिको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा पार्टी सभापति देउवाले नेपाली काग्रेसका क्रियाशिल सदस्य चक्रबहादुर बस्नेतले लेखेको पुस्तक जीवन दर्शनको बिमोचन गरेका थिए । कार्यक्रममा महामानव बिपी कोइराला सम्वन्धी कविता साहित्यकार डा. कृष्णराज डिसीले बाचन गरेका थिए । कार्यक्रमका सहभागीहरुलाई नेपाली काग्रेस दाङका सचिव टेकबहादुर वलीले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण जिल्ला सचिव शंकर डागीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*