Home / खेलकुद / अनुको कीर्तिमानमा सावित्राको बराबरी

अनुको कीर्तिमानमा सावित्राको बराबरी

दाङ,२६ भदौ । नेपाली महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेकी छिन् ।

किर्गिस्तानमा सम्पन्न नादेझ्दा कपको फाइनलमा २ गोल गर्दै सावित्राले पूर्व कप्तान अनु लामाको नाममा रहेको कीर्तिमानमा बराबरी गरेकी हुन् ।

नेपाली टिमका पूर्व स्ट्राइकर अनुको नाममा ३५ गोलको कीर्तिमान रहेको छ । र, बिहिबार उज्वेकिस्तानविरुद्ध दुई गर्दै सावित्राले राष्ट्रका लागि ३५ गोल गर्दै कीर्तिमानमा बराबरी गरेकी हुन् ।

सन् २०१४ बाट राष्ट्रिय टिममा डेब्यु गरेकी सावित्राले ३७ खेलमा ३५ गोल गरेकी हुन् । जारी प्रतियोगितामा सावित्राले ७ गोल गरिन् ।

सावित्राले कीर्तिमान बनाएपनि नेपाल फाइनलमा उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*