Home / समाचार / संविधान दिवस तीन दिन विविध कार्यक्रम गरि मनाइने

संविधान दिवस तीन दिन विविध कार्यक्रम गरि मनाइने

दाङ २५ भदौ । संविधान दिवस जिल्लामा विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा बुधवार भएको समनयात्मक बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले सवै पालिकालाई संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउन आग्रह गरेको छ । त्यसैगरेर बैठकले असोज २ देखि ४ गतेसम्म सवै कार्यालयमा सरसफाई, दिपावली गर्ने निर्णय गरेको छ । जिल्ला सदरमुकाम घोराहीमा असोज ३ गते विहान घोराहीमा प्रभातफेरि गर्ने बैठकले निर्णय गरेको छ । विहान ७.३० बजे घोराहीको तुलसीपुर चोकमा जम्माहुने र दामोदरचोक, लखन पार्क, आर्मी व्यारेक, ट्राफिक चोक भएर जिल्ला समन्वय समितिमा आएर सभा गर्ने बैठकले निर्णय गरेको छ ।

प्रभातफेरिको लागि सरकारी कार्यालयको जिम्मा जिल्ला प्रशासन कार्यालय, संघ संस्थाको जिम्मा जिल्ला समन्वय समिति र टोल विकास र अन्यको जिम्मा घोराही उपमहानगरपालिकालाई दिएको छ । त्यसैगरेर बैठकले जिल्ला शिक्षा विसका समन्वय इकाईलाई सम्पुर्ण विद्यालयलाई संविधान दिवस मनाउनको लागि पत्रचार गर्न निर्देशन दिएको छ । बैठक जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा संविधान दिवसका कार्यक्रममा बारेमा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले प्रकाश पारेका थिए ।

बैठकमा जिल्लाका सवै पालिकाका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, शुरक्षा निकाय प्रमुख तथा प्रतिनिधि, जिल्लामा रहेका संघिय तथा प्रदेश कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, नेपाल पत्रकार महासंघ र अन्य सरोकारवालाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*