Home / समाचार / सरकारले बाँदर संरक्षण केन्द्र बनाओस् : सांसद अधिकारी
k|ltlglw;efsf] ;f]daf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M /Tg >]i7, /f;; .

सरकारले बाँदर संरक्षण केन्द्र बनाओस् : सांसद अधिकारी

काठमाडौ,२५ भदौ । नेपाल कम्युनिस्ट पार्टीका सांसद हरिराज अधिकारीले सरकारले बाँदरबाट सर्वसाधारणको नोक्शानी रोक्न बाँदर संरक्षण केन्द्र बनाउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै उनले बाँदरको बथान बथानलाई व्यवस्थित गर्ने गरी बाँदर संरक्षण केन्द्र बनाउनुपर्ने बताएका हुन् ।

उनले आफ्नो निर्वाचन क्षेत्र गोरखा १ मा बाँदरले आतंक मच्चाएको भन्दै फुजेल गाउँमा मात्र एक वर्षमा ३२ जना घाइते भएको बताए । बाँदरको आक्रमणबाट २० र २५ हजारदेखि २ लाखसम्म प्रतिव्यक्ति उपचार खर्च लागेको र फलफूल र खेतीपातीमा पनि धेरै नोक्शान भएको सांसद अधिकारीले बताए ।

उनले बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट र खहरे लगायतका बजार क्षेत्रको तत्काल मुआब्जा निर्धारण गर्न र वितरण गर्न माग गरेका छन् । पटक पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएको भन्दै उनले आरुघाट र खहरेको मुआब्जा निर्धारण गरी वितरण गर्न माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*