Home / Feature Breaking news / जग्गा लिजमा लिएर व्यवसायीक तरकारी खेती

जग्गा लिजमा लिएर व्यवसायीक तरकारी खेती

दाङ,२५ भदौ । दाङमा एक युवाले जग्गा लिजमा लिएर व्यवसायीक तरकारी खेती सुरु गरेका छन । घोराही उपमहानगरपालिका वडा नं. २ निवासी हरी जिसीले सोही वडाको निमुरियामा साढे तीन विगाहा जमिन लिजमा लिएर व्यवसायीक तरकारी खेती सुरु गरेका हुन ।

परम्पुरागत रुपमा तरकारी खेती गर्दै आएका जिसीले पछिल्लो समय व्यवसायीक रुपमा लागेका हुन । व्यवसायीक तरकारी खेती गर्न सके आफनै क्षेत्रमा राम्रो आम्दानी गर्न सकिने भएपछि व्यवसायीक रुपमा तरकारी खेतीमा लागेको जिसीले बताए । ‘परम्परागत रुपमा त पहिलेदेखि नै तरकारी खेती गर्दै आएको थिए’,उनले भने,‘अहिले परम्परागत छोडेर मल्चिङ पद्धतिका माध्यमवाट तरकारी खेती गर्न सुरु गरेको छु ।’

ठुलो क्षेत्रफलमा व्यवसायीक तरकारी खेती गर्न गत असार महिनादेखि सुरु गरेका उनले तरकारी उत्पादन समेत भैसकेको बताए । सुवर्ण कृषि फर्म दर्ता गरेर व्यवसायमा लागेका उनले अहिले बोडी,सिमी र टमाटरलगायतका तरकारीहरु उत्पादन भैरहेको समेत बताए । फर्म सञ्चालनकालागि अहिलेसम्म ११ लाख रुपैयाँ खर्च भएको उनी बताउँछन । करिव ६ विगाह क्षेत्रमा नेट हाउसमा तरकारी खेती गर्ने लक्ष्य लिएका उनले तरकारी खेतीका लागि स्थानीयलाई रोजगारी समेत प्रदान गरेका छन ।

निमुरियामा उत्पादन भएको तरकारी स्थानीय क्षेत्रसँगै घोराही बजारसम्म ल्याएर विक्रि गर्ने गरेका छन । ‘तरकारी उत्पादन गर्न सके विक्रिको समस्या छैन’,उनले भने,‘मौषमी सिजनमा थोरै समस्या भएपनि अन्य समयमा समस्या छैन ।’ तरकारी विक्रिको समस्या नभएकाले पनि आफु अन्य क्षेत्र छोडेर तरकारी खेतीमा लागेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*