Home / Feature Breaking news / कांग्रेसको जागरण अभियान सुरुः ३५ हजार विरुवा रोपीयो

कांग्रेसको जागरण अभियान सुरुः ३५ हजार विरुवा रोपीयो

दाङ, २४ भदौ    
नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलवारदेखी देशभर सुरु भएको छ । अभियानको देशभर रहेका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा वृक्षारोपन गरेर उद्घाटन गरिएको हो ।

विपी कोईरालाको १०६ औँ जन्मजयन्तीको असवर पारेर उद्घाटन गरिएको अभियानमा एक प्रदेश निर्वाचन क्षेत्रमा १०६ विरुवाका दरले देखभर ३४ हजार ९ सय ८० विरुवा रोपीएको छ ।

जनता, मतदाता र पार्टिका सबै निकाय÷तहका पदाधिकारी, सदस्य एवं शुवेच्छुकहरुबीच जिवन्त सम्पर्क र समन्वय कायम गरि पार्टिलाई सकृय र सुदृढ पार्ने उद्धेश्यले अभियानको आयोजना गरिएको नेपाली कांग्रेस केन्द्रिय समितिले निर्णय अनुसार हरेक जिल्लामा मंगलवारदेखी अभियानको सुरु भएको हो । ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने मूल नाराकासाथ सुरु भएको अभियानको दाङमा पनि ६ प्रदेश निर्वाचन क्षेत्रमा वृक्षारोपन गरेर उद्घाटन गरिएको छ ।

कांग्रेस केन्द्रिय समितिले पठाएका केन्द्रिय प्रतिनीधीको उपस्थितिमा अभियानको उद्घाटन गरिएको जागरण अभियान प्रचारप्रसार समितिका संयोजक एवं नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारतिले जानकारी दिनुभयो ।

अभियान अन्तरगत क्षेत्र नम्बर १ को ‘क’ को गढवा क्याम्पसमा वृक्षारोपन गरिएको छ । क्षेत्रीय सभापति  ताराबहादुर डिसीको अध्यक्षता एवंं केन्द्रिय प्रतिनीधी सुशीला शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्याम्पस परिसरमा १०६ टा विरुवा रोपीएको थियो ।

यस्तै क्षेत्र नम्बर १ ‘ख’ अन्तरगत लमही नगरपालिकाको वडा नम्बर ५ रातोडाँडामा वृक्षारोपन गरेर अभियानको यउद्घाटन गरिएको छ । क्षेत्रीय सभापति देवानजंग चौधरीको अध्यक्षता एवं केन्द्रिय प्रतिनीधी सुशीला शाहको प्रमुख आतिथ्यमा अभियानको उद्घाटन गरिएको थियो ।

निर्वाचन क्षेत्र नम्बर २ ‘क’ को घोराही उपमहानगरपालिका वडा नम्बर १३ को बाह्रकुने दहमा वृक्षारोपन गरेर अभियानको सुरुवात गरिएको छ । क्षेत्रीय सभापति गिरिराज सुवेदीको अध्यक्षता एवं नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति विरकेशरी गौतमको प्रमुख आतिथ्य र केन्द्रिय प्रतिनीधी उमा दाहालको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरुले कांग्रेसलाई बलियो बनाउनकालागी कार्यकर्ता एकता आवश्यक भएको बताएका थिए ।

निर्वाचनमा कांग्रेसले पराजय बेहुर्नुका कारणहरुको खोजी गरेर गल्ती सच्चाउदै अगाडी बढ्नुपर्ने सहभागीहरुको भनाई थियो । घोराही नगर सचिव दिनेश अधिकारीले गर्नुभएको थियो ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ को घोराही उपमहानगरपालिका वडा नम्बर ८ को मर्पाडाँडामा वृक्षारोपन गरिएको छ । प्रदेश निर्वाचन क्षेत्रीय सभापति कमल गौतमको अध्यक्षता एवं केन्द्रिय प्रतिनीधी धुव्रराज पुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै पुरीले नेताहरुलाई कार्यकर्ताहरुले ट्रयाकमा ल्याउनुपर्ने भन्दै ईमान्दारिताका साथ लाग्न कार्यकर्ताहरुलाई अनुरोध गर्नुभया े।

c1

उहाँले कुनेपनि संगठनमा गुट हुनु स्वभाविक हुनु भएको भन्दै उहाँले गुट निर्वाचनमा समयमा मात्र हुनुपर्ने बताउनुभयो । अन्य वक्ताहरुले कार्यकर्ता र नेताहरुमा अनुशासनको आवश्यकता रहेको बताएका थिए । नेपाली कांग्रेसका कार्यकर्ताहरुमा आचरण शुद्धता हुनुपर्ने उनीहरुले बताए । कार्यक्रममा सहभागीहरुले नेताहरु केन्द्रिय स्तरबाट एक भएर कांग्रेसलाई बलियो बनाउनकालागी लाग्न अनुरोध गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मी, संविधानसभा सदस्य राजु खनाल, क्षेत्रीय सभापति भुपबहादुर डाँगी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण घोराही ८ का ईकाई सभापति कुलप्रसाद रजौरे (श्रवण)ले गर्नुृभएको थियो ।

क्षेत्र नम्बर ३ को ‘क’ को तुलसीपुर उपमहानगरपालिकाको दोघरेमा उद्घाटन गरिएको छ । क्षेत्रीय सभापति घनश्याम ढकालको अध्यक्षतामा वृक्षारोपन गरेर अभियानको सुरु गरिएको हो । यस्तै क्षेत्र नम्बर ३ ‘ख’ को शान्तिनगरबाट अभियानको सुरु गरिएको छ । क्षेत्रीय सभापति खीमबहादुर वलीको अध्यक्षतामा कार्यक्रम भएको थियो । जागरण अभियान असोज ७ गतेसम्म सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*