Home / Feature Breaking news / दाङमा डेंगुका १५ जना बिरामी

दाङमा डेंगुका १५ जना बिरामी

दाङ,२३ भदौ । देशभर डेंगुका बिरामी फेला परिरहेको समयमा दाङमा पनि डेंगुका बिरामी फेला परेका छन् । यसले दाङ जिल्लालाइ पनि डेंगुको उच्च जोखिमको संकेत गरेको छ । समयमै सावधानी नअपनाए यसले महामारीको रुप लिन सक्ने पनि सर्वत्र त्रास फैलिएको छ । तर डेगु नियन्त्रणका अभियानमा स्थानीय सरकारले भने खास्सै चासो देखाएका देखिदैन ।

भदौको ४ गतेदेखिहालसम्म दाङका तीन स्थानीय तहमा १५ जना डेंगुका विरामीहरु फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकामा डेंगुका बिरामी फेला हुन ।

डेगु प्रवावित जिल्लाहरु मध्ये घोराही उपमहानगरपालिकामा ७ जना, तुलसीपुर उपमहानगरपालिकामा ६ जना र बबई गाउँपालिकामा २ जना बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगु रोग नियन्त्रण कार्यक्रमका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन । उनका अनुसार एक जना विरामीको ठेगाना अझै पहिचान हुन सकेको छैन । ‘पछिल्लो दुई हप्ताको विचमा जिल्लामा १५ जना बिरामीहरु भेटिएका छन’,फोकल फर्सन चन्दले भने,‘त्यस मध्य तीन जना उपचारका लागि जिल्ला बाहिर जानुभएको छ भने बाँकी बिरामी उपचारपछि घर फर्किनुभएको छ ।’

डेंगु रोगका बिरामीहरु फाट्टफुट्ट रुपमा भेटिने क्रम बढि रहेको समेत बताए ।
बिरामीहरुको घोराहीमा दिपज्योति, गोर्खा र बुद्ध हस्पीटलमा उपचार गराईरहेका छन भने तुलसीपुरमा राप्ती लाईफ केयर र तुलसी अस्पतालमा उपचार गराएका छन । बिरामीहरु मध्य अधिकांस उपचारपछि घर फर्किएको समेत बताए । ‘डेंगु रोगको लक्षण देखिएका विरामीहरु उपचारपछि अधिकांस घर फर्किनुभएको छ’,उनले भने,‘घर फर्किएका बिरामीसँग हामी नियमित सम्पर्कमा छौँ, उहाँहरुको अवस्था सामन्य छ ।’ त्यस्तै उनले डेंगु रोगका बिरामीहरु खुल्न नचाहने भएका कारण पनि समस्या देखिन सक्ने बताए ।

डेंगुका कारण २०७२ सालमा देउखुरी गोवरडियामा एक जना महिलाको मत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । त्यसपछि जिल्लामा डेंगुका कारण मृत्यु भएको छैन । कार्यालयका अनुसार २०७३ सालमा नौ जना र ०७४ सालमा आठ जना डेंगुका बिरामीहरु फेला परेका थिए । २०७५ सालमा सून्य अवस्थमा रहेको डेंगु रोगका बिरामी यसबर्ष भने बिगतको तुलनामा बढेका छन ।

स्वास्थ्य कार्यालयमा बजेट छैन
देश सघीय संरचनामा गएसँगै जनस्वास्थ्य कार्यालयका अधिकार पनि स्थानीय तहमा गएका छन । अहिले स्वास्थ्य कार्यालयका रुपमा रहेको कार्यालयले जिल्लामा समन्वयका रुपमा मात्र काम गर्ने गरेको छ । ‘जिल्लामा भेटिएका बिरामीहरुको तथ्याङक संकलन गर्ने काम मात्र कार्यालयले गरेको छ’,फोकल पर्सन चन्दले भने,‘कार्यालयसँग बजेट नहुँदा कार्यापनि केही छैनन् ।’ अहिले बिरामीहरुको रेकर्ड लिने मात्र काम गरेको उनले बताए ।
महामारीको अवस्था छैन

डेंगु रोगका कारण महामारी जिल्लामा नरहेको बताए । महामारी भन्नाले न्यूनतम एउटै रोगका एउटै टोल वा गाउँमा एकै समयमा दश भन्दा बढि विरामीहरु भेटिएको अवस्थामा महामारी भन्न सकिने भएपनि जिल्लामा त्यस्तो अवस्था नरहेको बताए । ‘जिल्लामा दश जना बिरामीहरु भेटिएपनि फरक फरक ठाउँका हुनुहुन्छ’,उनले भने,‘त्यसैले जिल्लामा महामारीको अवस्था छैन ।’ उनले डेंगु रोगबाट बच्न सचेत हुन समेत सम्पुर्ण जिल्लावासी नागरिकहरुलाई आग्रह गरेका छन ।

डेंगु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने भएकाले यसबाट बच्नका लागि घरवरी परि पानी जम्ने ठाउँ पुर्ने,सचेतना फैलाउनेलगायतका गर्न सकिने समेत बताए ।
यसैविच घोराही रोग नियन्त्रणका लागि अभियान सुरु गरिने भएको छ । जिल्लामा देखिएको डेंगु रोग रोग नियन्त्रणसँगै सचेतना फैलाउने उद्देश्यले घोराही उपमहानगरपालिकाले आज सोमवार सरोकारवालासँग छलफल गर्दै अभियानलाई प्रभावकारी रुपमा लग्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*