Home / Feature Breaking news / १८ करोड काण्डः नारायणपुरबासी त्रसित

१८ करोड काण्डः नारायणपुरबासी त्रसित

नारायणपुर, २१ भदौ

देव विकास बैंक नारायणपुर शाखाका म्यानेजर समीर बुढाथोकीले १८ करोड हिनामीना गरेको घटनामा निर्दोष व्यक्तीहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै नारायणपुर क्षेत्रका व्यक्तीहरुले आफूहरु त्रसित भएको बताएका छन् ।

१८ करोड हिनामीनाको घटनामा अनुसन्धानकालागी अन्य ११ जनालाई प्रहरीले पक्राउ गरेपछि यस क्षेत्रका सर्वसाधारणहरु त्रसित भएको व्यापक गुनासो आएपछि नारायणपुर उद्योग वािणज्य संघले आयोजना गरेको एक कार्यक्रममा सहभागीहरुले सर्वसाधारणहरु त्रसित हुने काम गरेको बताए ।

‘बैंकमा खाता खालेकै आधारमा पक्राउ पर्ने, गल्ती नगर्दा पनि थुनिनुपर्ने स्थिति देखिएको छ’ तोरण खत्रीले भने–‘खाता खोलेको छ, उसलाई केही थाहा छेन । त्यस्ता व्यक्ती पक्राउ परेका छन् । अनि अर्को कुरा दुई लाखभन्दा धेरै लोनको अधिकार नभएको बैंंक शाखाबाट कसरी १८ करोड हिनामीना भयो । बैंकलाई थाहा नहुने हुन्छ । नेटवर्कीङत हुन्छ त बैंकमा ।’

‘खाता खोलेकै कारण बैंकले, बैंकका म्यानेजरले गल्ती गर्ने निर्दोष मान्छेले सजाय भोग्ने’ कमल वलीले भने–‘सिओबाट अनुसन्धान सुरु गर्नुपर्छ । १८ करोड हिनामीना हुदा पनि बैंकलाई थाहा नहुने हुन्छ । यसमा सञ्चालक समिति पनि दोषी हुनसक्छन् ।’

‘प्रहरीले धमाधम पक्रेको छ थुनेको छ । अनुसन्धान भन्दैमा निर्दोषलाई नि पक्रेर थुन्ने त हुदैन नि । हतकडी लगाएर लैजाने जनता त्रसित भएका छन्’ निर्मल डाँगीले भने ।‘
दानबहादुर बुढाथोकीले भने– ‘मिडीयामा ५४ जना दोषी छन् भन्ने आईरहेको छ । अब को हो दोषी । यो त बैंकमा खाता भएका सबै डराउनुपर्ने स्थिति आयो । यो त आतंकीत हुने काम भयो । गल्ती नगर्दा पनि परिने हो की खाता भएकाले भन्ने भयो ।’
नरायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नारायणपुर, घोराही, तुलसीपुर लगायत क्षेत्रका बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले दोषीलाई कानुनी कारबाही हुनुपर्ने र निर्दोषले बैंकमा खाता खोलेकै आधारमा दुःख पाउन नहुने बताएका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य राजु खनाल, नेकपाका अजयदीप शर्मा,     नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, कांंग्रेसका क्षेत्रीय सभापति भुपबहादुर डाँगी, घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी, वडा नम्बर ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी, नेकपाका माधव पाण्डे लगायतकोे उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण नारायणपुर उद्योग वणिज्य संघका महासचिव दिपक सुवेदीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*