Home / Feature Breaking news / पानीमा डुबेर दाङमा तीन जनाको मृत्यु

पानीमा डुबेर दाङमा तीन जनाको मृत्यु

घोराही, २१ भदौ

दाङमा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । जिल्लामा शुक्रवार र शनिवार पानीमा डुबेर तीन जनाको मृत्यु भएको हो । शुक्रवार तुलसीपुर उपमहागरपालिका वडा नम्बर ८ गोतेखोलामा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

शुक्रवार खोलामा माछा मार्ने क्रममा डुबेर सल्यानको कपुरकोट गाँउपालिका वडा नम्बर ५ का २० बर्षीय अर्जुन बुढा र २६ वर्षीय मिलन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी डिएसपी विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

यस्तै शनिवार विहान घोारही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारको राजपुरमा घर नजिकैको कुलोमा डुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ ।

कुलोमा डुबेर जीवन चौधरीको एक वर्षीया छोरी प्रतिष्ठा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कुलोमा डुबेर घाईते चौधरीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*