Home / Feature Breaking news / दाङ उवासंघले शनिवार कर शिविर गर्दै

दाङ उवासंघले शनिवार कर शिविर गर्दै

दाङ, १९ भदौ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघ, घोराही उपमहानगरपालीका र आन्तरीक राजश्व कार्यालय दाङको संयुक्त आयोजनामा १ दिने व्यवसाय दर्ता शिविर संचालन हुने भएको छ ।

शिविर यही भदौ २१ गते शनिवार विहान ८ बजेबाट सञ्चालन हुने भएको छ ।

शिविरमा स्थानिय निकाय दर्ता, पान दर्ता तथा अन्त शुल्क दर्ता, दाङ जिल्ला उद्योग वाणिज्य संघमा दर्ता, व्यक्तगत पानमा दर्ता गर्ने सेवा प्रदान गरिने दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष तथा व्यवासायिक सचेतना अभियानका संयोजक टंकसिह वुढाथोेकीले जानकारी दिएका छन् ।

साथै उहाँले शिविरको सदुपयोग गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*