Home / Feature Breaking news / महासंघलाई मध्यस्त भुमिकाकालागी युनियनको आग्रह

महासंघलाई मध्यस्त भुमिकाकालागी युनियनको आग्रह

दाङ । नेपाल प्रेस युनियनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवालमा उव्जिएको आन्दोलनलाइ मध्यस्तता गर्न पत्रकार महासंघलार्इ आग्रह गरेको छ । स्वास्थ्य संस्थामा विरामीहरु प्रभावित नहुनेगरी आन्दोलनका कार्यक्रमहरु लोकतन्त्रमा जायज भएपनि स्वास्थ्य संस्थामा तालावन्दी र पदाधिकारीमाथि भएको आक्रमण असोभनिय भएको पनि प्रेस युनियनले जनाएको छ ।

‘दाङबासीको स्वार्थलाई ध्यानमा राखी यो प्रतिष्ठानलाई सवल, सक्षम र प्रभावकारी बनाउनकालागि आवश्यक ऐन कानुनहरु निर्माण, गुरुयोजना अनुसार काम गर्नका लागि बजेट विनियोजन, आवश्यक जमिनको पहिचान गरी प्राप्त गर्ने प्रक्रिया अगाडी बढाउन तर्फ सबै सरोकारवालाहरु आपसी समन्वयका साथ अगाडि बढ्न पर्ने पनि पैमहसुस हामिले गरेका छौ‘ विज्ञप्तीमा भनिएको छ ।

प्रतिष्ठान जोगाउ अभियानका जायज मागहरुलाई समर्थन गर्ने पत्रकार महासंघको निर्णयको सम्मान गर्दछौ, तर, आन्दोलनका कार्यक्रमहरुमा आन्दोलनकारीका रुपमा पत्रकारहरु आफै उपस्थित हुने, ताला लगाउने, नाराबाजी गर्ने जस्ता गतिविधीहरु सार्वजनिक हुँदा पत्रकारहरु माथी सामाजिक सञ्जालहरुमार्फत व्यक्त भैरहेका प्रतिक्रियाले हाम्रो ध्यानाकर्षण गरेको छ ।

सामाजिक मुद्दाहरुमा बहस गर्ने र आवश्यक परे समन्वय मार्फत समस्या समाधान गर्ने मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दै आएको पत्रकार महासंघको आफ्नै इतिहास र पहिचान छ । दाङमा रहेको र दाङबासीले गौरव गर्न सक्ने संस्थाका रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रभावकारिताकालागि र अहिलेको आन्दोलन उग्र बन्दै गर्दाखेरी पत्रकार महासंघबाट फेरि पनि त्यस्तै मध्यस्तकर्ताको भूमिका अपेक्षित भुमिका पैेस युनियनले गरेको पनि विज्ञप्तीमा जनाइएको छ ।

साथै हामी नेपाल पत्रकार महासंघको जिल्ला नेतृत्वलाई पत्रकार प्रतिको सामाजिक विश्वास अझ वृद्धि हुनेगरी मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नका लागि विनम्रताका साथ आग्रह गर्दछौ भन्ने भुमिकाको खोजि पनि नेपाल प्रेस युनियनले खोजेको विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*