Home / Feature Breaking news / घाेराहीमा काग्रेसका भातृसंगठनकाे पर्दशन

घाेराहीमा काग्रेसका भातृसंगठनकाे पर्दशन

घाेराही, १३ भदाै
नेपाली काँग्रेसका भातृ संघ संगठनहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेल मार्थि हात पात गर्ने लाइ कारवाहीको माग गदै घोराहीमा प्रर्दशन गरेका छन् । ने.वि संघ, तरूण दल, महिला संघ लगायत भातृ संघसंगठनले घाेराहीमा प्रर्दशन गरेका हुन् ।

नेपाली काँग्रेको पार्टी कार्यालय घोराहीबाट सुरु भएको र्याली मेन रोड, वि पि चोक, ट्राफिक चोक, हस्पीटल रोड, गणेश मन्दिर रोड, बैक रोड, दामोदर चोक हुदै तुल्सीपुर चोकमा पुगेर कोण सभा गरिएको थियो ।
कोण सभामा बाेल्दै तरुण दलका जिल्ला अध्यक्ष टिका घर्तिले स्वास्थ्य क्षेत्रलाई राजनिती गर्ने क्षेत्र बनाउन नहुने बताए । अहिले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न बहानामा राजनिती गर्ने खोजिएको बताए ।
स्वास्थ्य विज्ञान प्रष्ठिानका रजिष्टार मार्थि आक्रमण गर्ने लाइ कारबाहीको माग गरे । आक्रमण गर्ने लाइ पक्राउ गरेर कारवाही नगरे आफुहरु थप कडा आन्दोलन थाल्ने बताए ।

‘प्रशासनले कारवाही गर्ने सक्दैन भने हामी लाइ जिम्मा दिनुस हामी कारवाही गछौ’ घर्तिले भने । उनले दुइ तिहाइको सरकारले दम्भ देखाएको उनको आरोप रहेको छ ।

नेपाल महिला संघका जिल्ला अध्यक्ष गोमा रावतले आन्दोलनका नाममा गुन्डा शैलीमा रजिष्टारमाथी आक्रमण गरिएको बताइन् ।

नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार डाँगीले अहिलेको सरकारले हरेका क्षेत्रमा आक्रमण गर्ने थालेको बताए ।

‘दुइ तिहाइको दम्भमा नेकपाको सरकारले हरेक क्षेत्रमा आक्रमण गर्ने गरेको छ’ डाँगीले भने । त्यही दभ्मको परिर्णम स्वास्थ्य विज्ञान प्रष्ठिानमा देखाएको उनको भनाइ रहेको छ । कोण सभाको सहजिकरण तरुण दलका जिल्ला सचिव धुव्र आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*