Home / समाचार / ‘माहुरी बचाउन गाह्रो छ’

‘माहुरी बचाउन गाह्रो छ’

ओमप्रकाश गुप्ता
लमही १० भदौ । माहुरी बचाउन निकै गाह्रो भएको दाङको लमहीमा आयोजित एक कार्यक्रममा सहभागी किसानहरूले बताएका छन् । नेपाल माहुरीपालक महासंघ ५ नम्बर प्रदेशको प्रथम साधारणसभामा बोल्ने सहभागी किसानहरूले सो कुरा बताएका हुन् । उनीहरूले तरकारी तथा फलफुल खेती गर्ने किसानले अत्यधिक विषादी प्रयोग गर्ने गरेकाले माहुरीले त्यही विषादी फुल चुस्दा मर्ने गरेको बताए ।

माहुरी बचाउन अहिले किसानहरूले चिनीपानी खुवाउनु पर्ने अवस्था रहेको बताएका छन् । किसानले दुख गरेपनि राज्यको अझै पनि त्यस तर्फ ध्यान नगएको गुनासो समेत गरेका छन् ।

प्रदेश नम्बर ५ का अध्यक्ष रामहरिप्रसाद शर्माको अध्यक्षता एवम् माहुरीपालक महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रतिवेदन महासचिव लिलापती घिमिरे र आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवबहादुर हमालले प्रस्तुत गरेका थिए । वरिष्ठ उपाध्यक्ष दिलबहादुर रानाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सुवासचन्द्र घिमिरे ,कृषि ज्ञान केन्द्र दाङका बाली संरक्षण अधिकृत तिलकराम वली,मौरीजोन कार्यक्रमका कृषि अर्थ विज्ञ कुशुम भुसाल, महासंघका नवलपरासी अध्यक्ष ऋषिराम पोख्रेल ,रूपन्देहीका अध्यक्ष मनबहादुर थापा,कपिलवस्तुका अध्यक्ष मोहन अधिकारी,दाङका अध्यक्ष विष्णुराज श्रेष्ठ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासंघका महासचिव लिलापती घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*