Home / समाचार / खुकुरी प्रहारबाट एक जना घाइते

खुकुरी प्रहारबाट एक जना घाइते

दाङ, ८ भदौ । दाङमा खुकुरी प्रहारवाट एक जना घाइते भएका छन । घोराही उपमहनगरपालिका–१५ दाङ भ्याली कलेज नजिकै दुई जना व्यक्तिले कुखुरी प्रहार गर्दा सोठी ठाउँ बस्ने १८ बर्षीय त्रिशक्ति बर्तौला घाइते भएका छन ।

बर्तौलालाई सामन्य बिबाद हुदा घोराही उपमहानगरपालिका–१५ ट्राफिकचोक निवासी २३ बर्षीय महेश हमाल र सोठी ठाउँ निवासी २२ बर्षीय राजु चौधरीले खुकुरी प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

प्रहरी नायव उपरिक्षक शाहका अनुसार घाइते बर्तौलाको टाउँकोमा चोट लागेको छ । घाईतेलाई घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ । खुकुरी प्रहार गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*