Home / Feature Breaking news / होटेलमा बास बसेका व्यक्ति मृत फेला

होटेलमा बास बसेका व्यक्ति मृत फेला

दाङ,८ भदौ । घोराहीको एक होटेलमा एक जना मृत फेला परेका छन । दाङको बंगलाचुली गाउँपालिका– ८ रानीबास निवासी २३ बर्षीय लालु घर्ती आइतवार विहान मृत अवस्थामा फेला परेका हुन ।

शनिवार राती साथीहरुसँगै घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकस्थित शंकर होटेलको कोठा नं. २०६ मा सुतेका घर्ति बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

भारतको महाराष्ट्रबाट रोजगारी गरि फर्किदै गरेका घर्तीसहित ६ जना शनिवार होटेलमा बास बसेका थिए । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*