Home / Feature Breaking news / मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा राईजिङ स्टार क्वल बिजयी

मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा राईजिङ स्टार क्वल बिजयी

दाङ,५ भदौ । प्रदेश नं. ५ मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा नवलपरासीले विजयी शुरुआत गरेको छ ।

दाङको बेलझुण्डी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक दाङ जिल्लाको सक्सेस क्लवलाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै नवलपरासी जिल्लाको राईजिङ स्टार फुटबल क्लव बिजयी भएको हो । राईजिङ स्टार फुटवल क्लवको बिजयी लागि जर्सी नं. ११ का खेलाडी सुरज आले मगरले ३ गोल गर्दै ह्याट्रिक गरेका थिए ।

सुरजले खेलको पहिलो हाफको ६ मिनेटमा कर्नरबाट आएको बललाई हेडमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३९औं मिनेट दोश्रो गोल गर्दै दाङको सक्सेस क्लवलाई २–० को अन्तरले पछाडी पारेका थिए । खेल अवधिभर दबाफमा राखेको राईजिङको जितका लागि सुरजले दोश्रो हाफको खेलको ८८औं मिनेटमा तेश्रो गोल गर्दै ह्याट्रिक गरेका थिए ।

प्रतियोगितामा दाङ, बाँके, बर्दिया, रुपन्देही र नवलपरासी, रोल्पा गरि ६ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाखसहित ट्राफि,मेडल र प्रमाणपत्र जित्ने छ । भने दोश्रो हुने टिमले नगद एक लाखसहित ट्रफि पुरस्कार पाउने छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले खेलकुद क्षेत्रको विकास लागि प्रदेश सरकारले प्रदेशका सवै स्थानीय तहमा स्तरिय खेलकुद मैदान निर्माण गर्ने बताए ।

मुख्यमन्त्री कप फुटवल लिग प्रतियोगिताको बिहिवार दाङको बेलझुण्डी रंगशालामा उद्घाटन गर्दै मन्त्री बरालले त्यसकालागि प्रदेश सरकारले योजना बनाउन सुरु गरेको बताएका थिए ।

स्तरिय खेलकुद मैदान नहुदा खेल क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनमा समस्या रहेको बताएा थिए ।

खेलकुद क्षेत्रको विकास लागि प्रदेश सरकारले कुनै कसर बाकी नराख्ने मन्त्री बरालले बताएका थिए । ‘खेल क्षेत्रका माध्यमबाट प्रदेशको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाकी राख्दैन’,मन्त्री बरालले भने,‘योजना बनाएर खेल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहन हुने गरि काम गर्छ ।’ उने उत्कृष्ठ क्षमता प्रदर्शन गर्ने खेलाडीहरुलाई छात्रवृतिको व्यवस्था समेत प्रदेश सरकारले गर्ने बताएका थिए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले पहिलो प्रदेश लिग प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने बताए । खेलक्षेत्रको विकास लागि भौतिक पूर्वाधारको अभावसँगै प्रतियोगिता नियमित नहुदा नयाँ खेलाडी उत्पादन हुन नसकेको भन्दै अध्यक्ष शेर्पाले यस्ता प्रतियोगिताहरु नयाँ प्रतिभा पहिचानका लागि महत्वपूर्ण हुने बताएका थिए ।

प्रदेश लिग सञ्चालन समितिका अध्यक्ष भुपेन्द्रविक्रम थापको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*