Home / Feature Breaking news / ट्राफिक प्रहरी प्रमुख र दाङ उवासंघ विच परिचय

ट्राफिक प्रहरी प्रमुख र दाङ उवासंघ विच परिचय

दाङ, २ भदौ ।
दाङ जिल्ला उद्योग वाणिज्य संले भरखरै सरुवा भएर आएका जिल्ला ट्राफिक प्रमुख कार्यलयका प्रखुख प्रेमप्रसाद रेग्मी संग परिचयात्मक कार्यक्रम गरेको छ ।
संघले एक कार्यक्रमको आयोजना गरि परिचयात्मक कार्यक्रम गरेको हो । कार्यक्रममा वोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीले वजार व्यवस्र्थीत तथा सभ्य वनाउन लागि पर्ने बताएका छन् ।

वजारमा रहेको अव्यवस्र्थीत वजारलाई सवैको सहयोगमा व्यवस्र्थीत वनाउन लागि पर्ने बताए । अव्यवस्र्थीत पार्किङ, छाडा चौपालय, तथा अव्यवस्र्थीत रुपमा सडकमा गरिने व्यापारले समस्या भएको बताए । यस लाई वजार लाइ सभ्य वनाउन सकिने उनको भनाइ रहेको छ । अहिले छाडा पशु घपाउने ट्राफिकको डयुटि नै वनेको उनको भनाइ छ । सडकका पशुले गर्दा पनि दुर्घटना वढने समेत बताए । उनले दुर्घटना वढनुको एक कारण मादक पदार्थ पनि रहेको भन्दै यस लाई कडाइ गरिने बताए । मादक पदार्थ सेवन गरि सवारी चलाउने लाइ कडा कारवाही गरिने उनको भनाइ छ । ‘मादक पदार्थ सेवन गरेका छोडिदिनु भनेर कसैले सिफारीस नगर्नु होस मैले छोडने छैन’ प्रमुख रेग्मीले भने । सचेतना अभियान ट्राफिक एक्लैले मात्र नभइ व्यवसायिहरुले पनि सहयोग गर्नु पर्ने बताए । विगतमा पनि व्यवसायिहरुले सहयोग गदै आएको भन्दै आउदा दिनमा पनि सहयोग रहने उनको भनाइ छ ।

कार्यक्रममा सहभागिहरुले सवारी साधनहरुले सिट क्षमता भन्दा वढी यात्रु राख्ने लाइ कारवाही गरिनु पर्ने, ओभर लोड वोक्नेहरु लाई कारवाही गरिनु पर्ने बताएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी), संघका पुर्व अध्यक्ष रामदयाल गुप्ता, संघका सचिव माया पोख्रेल लगाएतकाले भनाइ राखेका थिए ।

 संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन संघका सदस्य मिनराज भाटले दिएका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव नरेश कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*