Home / Feature Breaking news / प्राध्यापक संघको स्थापना दिवशमा रक्तदान

प्राध्यापक संघको स्थापना दिवशमा रक्तदान

घोराही, २ भदौ

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको १४ औँ स्थापना दिवश प्रजातन्त्रवादी
प्राध्यापक संघ नेपाल महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिले सोमवार रक्तदान
गरेको छ । रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए । जसमा सुधिर
पोख्रेल, राजेन्द्रकुमार रेग्मी, रविन डि.सी, मदनकृष्ण रिजाल, निरज गिरी,
निरोद वली, नविन वली, मलदेब मल्ल, सागर थापा, गोविन्द पोख्रेल, मदन
भण्डारीर कृष्ण केसीले रक्तदान गरेका थिए ।
ईकाई सभापति सुधिर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै त्रिवि
कर्मचारी संघका केन्द्रिय सदस्य प्रकाश श्रेष्ठले संस्थागत विकास र अनुशासीत शिक्षा
प्रदान गर्न गहन जिम्मेवारी प्रजातन्त्रवादी प्राध्यापकको काँधमा आएको बताएका
थिए । उनले प्रजातन्त्रवादी प्राध्यापक संघ सिर्जनशील कार्यहरु गरिरहेकोमा धन्यवाद
ज्ञापन गर्दै रक्तदान गर्नु महान् कार्य भएको बताएका थिए ।
कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका केन्द्रिय सदस्य राजेन्द्रकुमार
रेग्मी, प्रजातन्त्रवादी प्राध्यापक संघ जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश भट्टराई
लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका पूर्वअध्यक्ष किशोर
पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका ईकाइ
सह–सचिव एम.वि.केसीले गर्नुभएको थियो ।

बृद्धाश्रममा फलफुल वितरण

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको १४ औँ स्थापना दिवशको अवसरमा
प्रजातन्त्रवादी प्राध्यापक संघ जिल्ला समन्वय समिति दाङले घोराही
उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बृद्धाश्रममा खाद्यान्य एवं सरसफाईका
सामाग्री प्रदान गरिएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ जिल्ला समन्वय समितिका
अध्यक्ष दिनेश भट्टराईको नेतृत्वमा बृद्धाश्रममा पुगेर प्राध्यापकहरुको टोलीले
सामाग्री प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*