Home / Feature Breaking news / पूर्वाधारको काम सहज बनाउन ‘एक वडा एक प्राविधिक’

पूर्वाधारको काम सहज बनाउन ‘एक वडा एक प्राविधिक’

घोराही, १ भदौ । घोराही उपमहानगरपालिकाले पूर्वाधार विकासलाई सहज बनाउन यस आर्थिक बर्ष देखी एक वडा एक प्राविधिक राख्ने भएको छ । वडाका कुनै पनि योजनालाई सरल र सहजढंगबाट सम्पन्न गर्न एक वडा एक प्राविधिकको अबधारणा ल्याएको उपमहानगरले जनाएको छ ।

वडा नम्बर ५ ले आज धर्नामा आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले प्रत्येक वडा कार्यालयमै बसेर काम गर्ने गरी एक एक जना प्राविधिक खटाउने जानकारी दिनुभएको हो ।

त्यसका लागि १४ जना इन्जिनियर र १२ जना सब इन्जिनियरलाई नियुक्त गरिसकेको जानकारी दिदै छिट्टै वडा वडामा खटाउने तयारी भएको बताउनुभयो । वडामा जाने कुनै पनि योजनालाई सम्पत्तीकोरुपमा ग्रहण गरेर दिगो एवं गुणस्तरीय बनाउन तर्फ लाग्न वडाबासीहरुलाई आग्रह समेत गर्नुभयो ।
नगर प्रमुख चौधरीले पानी नै विकास र संबृद्धीको आधार भएको भन्दै भुगोल तथा ठाउँ अनुसार पानीको सञ्चीत, संरक्षण र व्यवस्थापनमा नगरले बिषेश ध्यान दिएको उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले नगर र वडाबाट हुने कार्यसम्पादन तथा सेवा प्रबाहलाई व्यवस्थित बनाउदै लगेको बताउनुभयो । साथै उपभोक्ता समितिहरुको काम, कतव्र्य र जिम्मेवारीलाई चुस्त बनाउन तालिम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागि राजनितिक दल, टोल विकास संस्था र अन्य सामाजिक संघसंस्थाका प्रतिनिधीहरुले योजना सम्पन्न गर्दा दुख्ख व्यहोर्नुपरेको, सहजै सेवा प्रबाहमा ढिलाई भएको, बेलैमा कार्य सम्पादन नभएको भन्दै सुधार्न सुझाब दिएका छन् ।

वडा सचिब लक्ष्मण अधिकारीले वडाले एक बर्षमा ९० लाखको योजना तथा कार्यक्रमहरु सबै सम्पन्न गरेको र १४ लाख १४ हजार ३ सय रुपैयाँ वडाबाट राजस्व संकलन गरेको जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य चौकीका इन्चार्ज सीता डिसीले एक बर्षमा ५ हजार ८ सय ८१ जनालाई उपचार, औषधी तथा परामर्श सेवा दिएको जानकारी दिनुभयो ।

साथै पशु प्राबिधिक लोकेन्द्र वलीले पशु उपचार, खोप, औषधी बितरण, बन्ध्याकरणका सेवाहरु किसानलाई प्रबाह गरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*